न्युजिल्याण्ड टी २० विश्वकपको फाइनलमा

न्युजिल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

युएइको अबुधाबीमा बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डलाई इङ्ल्याण्डले १ सय ६७ रनको लक्ष्य दिएको थियो ।
जवाफमा न्युजिल्याण्डले ५ विकेट र एक ओभर बाँकी हुँँदै लक्ष्य पूरा गरेको हो ।

न्युजिल्याण्डको जितमा डेरिल मिसेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान गरे । डेभोन कानवेले ४६, जेम्स निसामले २७ रन बनाए । इङ्ल्याण्डका क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २ तथा आदिल रासिदले १ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । इङ्ल्याण्डका लागि मोइन अलीले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन जोडे । इयान मोर्गान ४ रनमा अविजित रहे । न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिएका थिए ।

यस्तै, आईसीसी टी २० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल बिहीवार हुँदै छ । फाइनल प्रवेशका लागि पाकिस्तान र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने छ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि शुरुहुने छ । पाकिस्तान समूह बीमा अपराजित रहँदै शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनल पुगेको थियो । समूह चरणमा अस्ट्रेलिया इंग्ल्याण्डसँग पराजित भएको थियो भने पाकिस्तानले पाँच खेल जित्दा भारत, न्यूजिल्याण्ड, अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको थियो ।