नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने

हालै युएस ओपन जितेकी जापानकी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने बताएकी छिन् ।

चोटको कारण उनी सेप्टेम्बर २७ तारिखबाट शुरुहुन लागेको फ्रेन्च ओपन नखेल्ने भएकी हुन् ।

करियरको तेस्रो ग्रान्डस्लाम जितेकी उसाकाले युएस ओपनको फाइनलमा भिक्टोरिया एजारेन्कालाई पराजित गरेकी थिइन् ।

उनले भनिन् ‘यो सिजन फ्रेन्च ओपन खेल्न सक्दिन ।’ फ्रेन्च ओपनमा भने उनको यात्रा त्यति राम्रो छैन । उनी तेस्रो चरणभन्दा माथि पुग्न सकेकी छैनन् ।