ज्ञानेन्द्र र पारससहित १० खेलाडी पीएसएलकाे ड्राफ्टमा

पाकिस्तान सुपर लिग क्रिकेट ‘पीएसएल’को ड्राफ्टमा नेपालबाट दश जना खेलाडी परेका छन् ।

फेब्रुअरीदेखि मार्चसम्म चल्ने प्रतियोगिताका लागि आइतबार ड्राफ्ट हुने छ । नेपालबाट परेका खेलाडीहरुमा पूर्व कप्तान पारस खड्का सहित कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, कुशल मल्ल, सुवास खकुरेल र आसिफ शेख रहेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले शनिबार सार्वजनिक गरेको नामहरूमा नेपालबाट सिल्भर क्याटेगोरीमा पारस सहित ९ खेलाडीको नाम रहेको छ ।
यसअघि नै अर्का नेपाली खेलाडी सन्दीप लामिछाने प्लेनिटम क्याटेगोरीमा ड्राफ्टमा छन् । यही वर्षको फेब्रुअरी २० देखि २२ मार्चसम्म लाहोर र कराँचीमा हुने प्रतियोगिताको ड्राफ्ट आइतबार साँझ हुनेछ । २० देशबाट ४ सय भन्दा बढी विदेशी खेलाडी ड्राफ्टमा छन् ।