जब फैलियो ज्याकी च्यानलाई कोरोना भाइरस लागेको खबर…

काठमाण्डौं – अहिले मानिसहरुलाई कोरोना भाइरस को क्रास बढी छ । छिमेकी राष्ट्र चिनमा कोरोना भाइरस लागेर मृत्यु हुने क्रम अझै जारी रहेकाले नेपालमा पनि यसको असर नराम्ररी परेको छ ।

यस्तै चिनका चर्चित कलाकार ज्याकी च्यानलाई पनि कोरोना भाइरस लागेको खबर केहीसमय अघि एकाएक फैलियो । ज्याकीलाई कोरोना लागेको खबर बाहिरिएपछि उनका फ्यानले उनीप्रति चिन्ता व्यक्त गरिरहेका थिए ।

यसैबिच ज्याकी च्यानले यसबारे पुष्टि गरेका छन् । उनले आफूलाई केही नभएको र आफू एकदमै स्वस्थ रहेको जानकारी दिए । साथै उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरे ।

उनले लेखेका छन्, ‘चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद । म सुरक्षित र स्वस्थ छु । आशा गर्छु तपाइँहरु पनि स्वस्थ हुनुहुन्छ ।’ ज्याकीका विश्वभर ठूलो संख्यामा फ्यान छन् । ती प्रशंशक आफ्नो मन पर्ने सुपरस्टारको स्वास्थ्यका विषयमा चिन्तित थिए ।