च्याम्पियन्स लिग फुटबलमा लिभरपुल बिजयी हुँदा नेपोली बराबरिमा रोकियो

काठमाण्डौं – डिफेन्डिङ च्याम्पीयन्स लिग फुटबलमा मंगलबार राती भएको खेलमा बिजयी भएको छ ।

समूह ई अन्तरगत घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले केआरसी गेन्कलाई २ – १ ले पराजित गरेको हो ।
जर्जिनिओ बिनाल्डमको गोलबाट १४ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । गेन्काका लागि ४० औं मिनेटमा सामात्ताले बराबरी गोल फर्काए । ५३ औं मिनेटमा ओक्सलेड – चेम्बरलेनले गरेको गोल नै लिभरपुलको जितको लागि पर्याप्त बन्यो ।
चार खेलबाट ९ अंक जोडेको लिभरपुल समुहको शिर्ष स्थानमा छ । मंगलबार नै भएको समुहको अर्को खेलमा नेपोली आरबी साल्जबर्ग सँग १ – १ गोलको बराबरीमा रोकिएको छ । बराबरी सँगै ८ अंक सहित दोस्रो स्थानमा आसिन छ ।
यस्तै गएराती नै भएका समूह जि अन्तरगरतका खेलमा सेन्ट – पिटर्वगलाई २ – ० ले पराजित गर्दै आरवी लेईपजिग समुहको शिर्ष स्थानमा आसिन छ । बेन्फिकालाई ३ – १ ले पराजित गर्दै लियोन दोस्रो स्थानमा उक्लिएको छ ।