क्रिकेटको बन्द प्रशिक्षण आजदेखि

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले प्रशिक्षण सुरु गर्नेछ ।

नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ । नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेका हो ।

कोरोना भाईरसको महामारीको कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन ।

लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो ।

क्यानले बन्द प्रशिक्षणमा सहभागी खेलाडी, स्टाफ र अफिसियलको मंगलबार कोरोना परिक्षण समेत गरेको थियो ।

क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ ।