के कोरोना भाइरसका कारण टोकियो ओलम्पिक स्थगित होला ?

२०२० जुलाइ २४ बाट जापानको टोकियोमा समर ओलम्पिकको आयोजना हुँदैछ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाका कारण टोकियो ओलम्पिक हाल हुने-नहुने भन्‍ने विषमा हुने पनि आधिकारिक जानकारी भने आएको छैन । विश्व खेलकुद जगतकै ठूलो प्रतियोगिताका रुपमा रहेको ओलम्पिक रोख्‍ने, सार्ने वा गर्ने-नगर्ने विषयमा छलफल गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

कोरोनाले जापानमा पनि धेरै प्रभाव पारेको छ । जसकारण ठूलो प्रतियोगिताका रुपमा हेरिएको ओलम्पिक हुने-नहुने विषयमा छलफल  भइरहेको जनाइएको छ । बीबीसीले टोकियो ओलम्पिकका विषयमा उठेका केही प्रश्नहरुको छलफल गरेको छ ।

जापानमा हालको अवस्था के छ ? 

जापानले हाल टोकियो ओलम्पिकका लागि तयारी गरिहेका भोलेन्टियरको तयारी स्थगित गरेको छ । उता गत साताको अन्त्यतिर मात्र टोकियो म्याराथनमा प्रतिबन्ध लगाइएको छ । जापानकै फुटबल लिग जे-लिग खेलहरू र अन्य खेलकुद कार्यक्रमहरूको स्थगित भएका छन् । जापानले केही विद्यालयहरु पनि बन्द गरेको छ । टोकियोमा अर्को महिना हुने भनिएको एसिया सेभेन्स रग्वी प्रतियोगिता पनि बुधबार स्थगित भएको छ ।

पछिल्लो समय इन्‍टरनेशनल ओलम्पिक कमिटी (आईओसी) ले ओलम्पिकका विषयमा केही निर्णय निकाल्न बोर्ड मिटिङ बसिरहेको छ । विगत दुई दिन यता आईओसीका अध्यक्ष थोमस बेचलाई मिडियाले कमिटिको विषयमा के छलफल भयो भन्ने  जवाफ मागिरहेका छन् ।

टोकियो ओलम्पिकका मिनिस्टर बोरोके रेन्कले यो सिजनको अन्तिमसम्म ओलम्पिक सार्न सम्झौता गर्नसक्ने बताइएको छ ।

के भन्छ इन्टरनेश्‍नल ओलम्पिक कमिटी ? 

इन्टरनेश्‍नल ओलम्पिक कमिटीका अध्यक्ष थोमस बेन्चले जिनेभामा भएको पत्रकार सम्मेलनमा टोकियो ओलम्पिक सर्ने संकेत दिएका थिए । यद्दपि उनले ओलम्पिक हुने विषयमा भने पूर्ण विश्वास भएको देखाएका थिए । उनले पत्रकारहरुको ओलम्पिक हुन सक्छ कि नाई भन्ने प्रश्नको जवाफ भने राम्रो तरिकाले दिन मानेनन् । जापानका ओलम्पिक मिनिस्टरले भने इन्टरनेश्‍नल ओलम्पिक कमिटीको निर्णय अनुसार आफूहरु अगाडि बढ्‍ने बताएका थिए ।

उनले अर्कोतर्फ ओलम्पिकको मिति सार्ने विषयमा पनि ध्यान दिन आग्रह गरेका थिए । उनले ओलम्पिका लागि एथ्लेटिक्स खेलाडीहरुलाई पूर्ण रुपमा तयारी गर्न पनि आग्रह गरे । ओलम्पिक मिनिस्टर बेन्चले आफूहरुसँग ‘प्लान बि’ पनि नभएको र गर्ने तयारी नभएको बताए । साथै उनले अहिले स्थगित गर्ने वा रद्द गर्ने निर्णय गर्ने प्रश्नमा पूर्णरुपले विश्वस्त हुँदै भने बैठकमा रद्द गर्ने वा सार्ने विषयमा कुनै छलफल नभएको बताए ।

राष्ट्रपतिले केही चुनौतीपूर्ण कार्यक्रमहरू रद्द गर्ने कुराहरुमा ठूलो चुनौती मानेका थिए । आईओसीले पनि ओलम्पिक हुने-नहुने विषयमा पुनरावलोकन गर्ने बताएको छ ।

के छ प्लान ‘बि’ ? 

ओलम्पिक मिनिस्टर बेन्चले टोकियो ओलम्पिक हुने-नहुने विषयमा अलमललमा छन् । उनले धेरै खेलका खेलाडीहरुलाई आफूहरु स्वागत गर्नको पूर्ण रुपमा तयार नभएको बताउँदा आईओसीले भने केही निर्णय नलिनु गैरजिम्मेवारी भएको बताएको छ ।

धरैको प्रश्न अहिले ओईसीले आफ्नो निर्णय नसुनाउनु गैर जिम्मेवारी पूर्ण कुरा रहेको बताएको छन् । कसैले केही कारणबस ढिलाई भएको होला भन्ने बुझेका छन् ।

बास्तिविक रुपमा आईओसीको प्लान ‘बि’ पनि रहेको आन्तरिक स्रोतले बताएको छ । आईओसीले आफ्नो प्लान ‘बि’ अप्रत्यासित घटनाहरु हुँदा प्रयोग गर्दछ । जस्तै आतंकवाद, युद्ध देखि लिएर प्राकृतिक प्रकोपहरुमा आईओसीले प्रयोगमा ल्याउने गर्दछ ।

अहिले आईओसीका अध्यक्षले आफूसँग ‘प्लान बि’ पनि भएको बताउँदै आफूले यस्तो खालका समस्याहरुको पहिले पनि समाधान गरेको बताउँदै प्लान बि अनुसार चल्ने बताएका हुन् ।

अहिलेसम्म कुनै निर्णय किन हुन सकेको छैन् ? 

हालसम्म टोकियो ओलम्पिक २०२० हुने-नहुने विषयमा आईओसीले कुनै प्रकारको निर्णय गर्न सकेको छैन । अहिले टोकियो ओलम्पिक र ईओसीलाई यस विषयमा छिटै निर्णय गर्न दबाब आएको छ । जापानमा हुने सम्पूर्ण खाले खेलकुद प्रतियोगिता स्थगित भएको वेला ओलम्पिक हुने भन्‍ने सम्भावना कम मात्रामा देखिएको छ ।

जापान सरकारले गाउँदेखि धरै ठूला सहरहरुमा खेलकुद प्रतियोगिता नहुने विषयमा निर्णय गरिसकेको छ । त्यहाँ भइरहेको ठूला खाले खेलकुद प्रतियोगिता पनि हाल स्थगित छन् । त्यसैले अहिले आईओसीले आफ्नो निर्णय सार्वजनिक गर्न केही समय लाग्ने भएकाले हाल स्थगित भएको बताएको छ । आईओसीले प्रतियोगिता स्थागित गर्ने वा केही समयका लागि सार्ने भन्ने विषयमा केही दिनमा नै निर्णय गर्ने बताएको छ ।

अन्य विकल्पहरु के छन् ? 

जापानमा हुन नसकेका केही साना खेलकुद प्रतियोगिताहरु अन्य ठाँउमा सारेर गरिरहेको अवस्थामा ईओसीले पनि ओलम्पिक प्रतियोगितालाई अर्को ठाँउमा गर्ने विषयमा छलफल गर्ने विषय पनि रहने देखाएको छ ।

जापानमा हुने खेलकुद प्रतियोगिताहरु बन्द रंगशालामा पनि भइरहेका छन् । त्यसरी नै बन्द रंगशालामा गर्ने वा कुनै पनि मानिस नहुने ठाउँमा ओलम्पिक गर्ने भन्ने विषयमा पनि छलफल गर्न लागिएको आईओसीले बताएको छ ।

यो सबै प्रक्रियाहरु नभएमा भने प्रतियोगिता नहुने या प्रतियोगितालाई एक वर्ष नै सार्ने भन्ने विकल्पहरुको खोजिमा अहिले जापानिज ओलम्पिक र ईओसी रहेका छने । त्यहाँको इभेन्टलाई अर्को देशमा गर्ने भन्ने विकल्पहरु पनि ईओसीले खोजिरहेको छ ।

बीबीसी