एसी मिलान शीर्ष स्थानमा

एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति मिलानले हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो । एसी मिलानको जितसँगै सिरी ए को उपाधि यात्रा झनै रोचक बनेको छ ।

मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले १ गोल गरे । घरेलु टोली भेरोनाका मार्काे डेभिड फाराओनीको  सान्त्वना गोल गरे ।

जितसँगै मिलानले  ३६ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको  इन्टर मिलानको ७८ अंक छ । पराजित भेरोना ५२ अंक जोडेर नवौं स्थानमा  छ ।