इंग्ल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा भारत विजयी

इंग्ल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा भारत विजयी भएको छ ।

अहमदाबादमा विहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो ।

जितसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ । अब सिरिजमा उपाधिको छिनोफानो अन्तिम खेलले तय गर्नेछ ।  अन्तिम टी २० शनिबार हुने छ ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए । यस्तै जोसन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे ।

भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डय र राहुल चहलले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए ।

इंग्ल्यान्डका जोफ्रा आर्चर ४ विकेट लिए ।