आज ‘कमेडी च्याम्पियन’ फाइनल, को बन्छ च्याम्पियन ?

काठमाण्डौं – नेपालकै पहिलो स्ट्याड-अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले आज (शनिबार) हुँदै छ ।

विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’ मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ॠचा शर्मा निर्णायक छन् । अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा लगायतको लगानी रहेको सोको होस्ट रिमाले गरिरहकि छिन् ।

उपाधिको दौडमा रहेका टप तीन फाइनललिस्ट इटहरीका सुमन कोइराला, रोल्पाका खड्ग बहादुर पुन र धादिङका हिमेश पन्त छन् । दर्शकको भोटको आधारमा बिजेता छानिने आयोजकले जनाएको छ ।

यसअघिको भोटको आधारमा रोल्पाका पुन सबैभन्दा अग्रस्थानमा रहेको बताइएको छ । कोरोना भाइरसका कारण सोको ग्राण्ड फिनाले सोचेजस्तो गर्न नसकिने भएको आयोजकले जनाएको छ ।