साहित्य

एनआरएन जिन्दाबाद (लघुकथा)

एनआरएन जिन्दाबाद (लघुकथा)

यामु निरौला दोश्रो संबिधानसभाको निर्वाचन भएको पनि ठ्याकै एक वर्ष बितिसकेको थियो | निर्धारित समयमा संबिधान जारी हुने कुनै छाँट थिएन, राजनेताहरु आ-आफ्ना अडानबाट एक बित्ता पनि टसका मस भएका थिएनन | देश र जनताको भन्दा पनि व्यक्तिगत तथा दलगत स्वार्थको उनीहरुको आँखामा बाँधिएको कालो पट्टि खुस्कने चाला थिएन...
मनको आवाज

मनको आवाज

सौरभ कारन्जित  मुहारले नभए नि ब्यबहारले पिडा खोल्दछ आवाज नभए नि आंसुले दु:ख ब्यथा बोल्दछ । अरुको दु:ख उसैले बुझ्छ, जस्ले भोगेको हुन्छ कसैको बगेको आंसुले कोही कसैलाई पोल्दछ ।।   गलत मित्र लाई लाग्दो हो, सधैं नै जांच्न पाए हुन्थ्यो धुर्त र लोभी लाई लाग्दो हो, सबै नै सांच्न...
हाम्रो देश नेपाल

हाम्रो देश नेपाल

सूर्य प. ढकाल    कस्तो भयो होला मेरो लालिगुराँस फुल्ने वन वरिपरि खोलानाला सुसाउँदै वग्दा झन । वसन्तको वहारसँगै पलाउने वृक्षहरु लोकभाका घन्काउँदै गाई चराउँदै डुल्ने वन ।।   सँगै हिँड्थ्यौं मेलापात च्यान्टि भुन्टी कता गए कुहुकुहु कोइलीको धुन सुन्दै झुल्ने वन । संसारको जुन कुनामा पुगेपनि नेपालीपन नेपाल...
अँध्यारो प्रभात

अँध्यारो प्रभात

दिपेन्द्र केशी  जव !प्रशासनको हरेक टेवलबाट अपमानित भएर फर्कनु पर्छ तिमीले,जव !तिम्रो पसीनाको ज्यालाशीर निहुराई कुनै भीखारी झैं थाप्नुपर्छ तिमीले,र, भर्खरै स्वतन्त्रताको मृत्यु भएजस्तोतर स्वतन्त्रता र समानताका मुर्दा साइनवोर्डहरु साक्षी वसेकोकहावतको स्वतन्त्र शहरको मध्य सडकमाशँकाका काँडाहरुले घोचिनुपर्छ तिमीले । तव !म ठोकुवा गरेर भन्छुयो विरानो शहरमा तिमी निदाएका हुदैनौमखमली...
यात्रामै अल्मलिएको यात्री

यात्रामै अल्मलिएको यात्री

वोधराज पौडेल  धेरै समय अगाडि हातमा सानो व्रिफकेस वोकेर घरपरिवार आमावावु हरिया डाँडाकाँडा ईष्टमित्र र गाउँलेलाई सलाम ठोकेर सुटवुट लगाइ टाउकोमा टोपि ढल्काएर गलामा मखमलीको माला निधारमा रातो अक्षताको टिका टल्काएर देव्रे हातमा घरीघरी घुम्ने घडीको सुइ हेर्दै भर्खर मात्र पल्हाएको जुङ्गामा हातले ताल लगाउँदै ठूला ठूला सपना वोकेर...
सौरभ कारन्जितका रचनाहरु

सौरभ कारन्जितका रचनाहरु

सौरभ कारन्जित  आलोक नेम्वाङ्गको सम्झनामा   एक्लिएको जीवन तिम्रो लेखान्त भयो हृदय विदारक तिम्रो दुखान्त भयो । अटाल्य मृत्यु एक यसको रुप अनेक पिडादायी रुपमा तिम्रो देहान्त भयो ।।   संसारको रित   संसारको रित नै बिचित्र हुन हुन्छ दुश्मन ठानिएको पनि मित्र हुन सक्छ बाह्य आवरण राम्रो हुँदैमा के बिश्वास,नराम्रो चिज...
निष्ठुरी  गोर्खे

निष्ठुरी गोर्खे

यामु निरौला  गोर्खे पुर्व तिर बाट जसै पश्चिम तिर आइ गयो  रुपयाँको ठाउँमा युरो (डलर) छुन पायो मनै देखि मात्तियो । आफू रमाई रहेछ परदेशमा खाई मिठाई मिठा  भाईहरु रोइरहेछन घरदेसमा नपाई ती भातका सिता ।।   साथमा छ्न थरिथरिका अप्सराहरु पासपोर्ट बिदेसी खल्तीमा  ओछ्याउछिन उता उनी आँखा मुलबाटोतिर सधै स्वामीजीको...