साहित्य

बुढेसकालको  भिषा ( लघुकथा)

बुढेसकालको भिषा ( लघुकथा)

यामु निरौला  लामो समयको कागजी झन्झट पछि बुढा बुढीलाई नै बेल्जियम जाने भिसा पक्का भएकोले खगेन्द्र मास्टर दङ्ग हुने नै भए । त्यसैले आज एक पोको मिठाई किनेर सबैलाई खुशी बाँड्दै गफ दिने हिसावले बुढा सधैँ जाने गरेको बृद्द चौतारी (ज्येष्ठ नागरिकहरुको भलाकुसारी गर्ने निश्चित ठाउं) मा पुगे ।...
यसपाली पनि आएछ नयाँ बर्ष

यसपाली पनि आएछ नयाँ बर्ष

  तेजेन्द्र सापकोटा आँधि तुफान चलिरहेको वेला पुरानै कोट लगाएर रित्ता वगलीहरु टक्टकाउदै जनतन लौरो टेकेर भएपनि आइपुगेछ नयाँ बर्ष । पोहोर भन्दा यसपाली वुढो भएछ क्यारे नयाँ नौलो खजानाको भारी गरुङगो हुन्छ भनेर होला रित्तै आएछ नयाँ बर्ष । झुस्स दाढी  पालेको रुँदारुदै थाकेजसता आँखाहरु शोकैशोकमा परेर उदासिएको अनुहार...
कविता- मेरी नवोढा

कविता- मेरी नवोढा

दिपेन्द्र के.शी  ओई मेरी नवोढा ! उतारिदेउ लाज सवै रात छिप्पिईसक्यो आज । अनजानमै सही यात्रा शुरु गर्नुछ आज मधुशालामा घन्किएको गीत तिम्रा मेरा लागि हो जीवनभर नभुल्ने रात आत्मिक प्रेमको विनिमय तिम्रा र मेरा लागि हो सायद ! यसैलाई भन्छन होला हनिमून ! ओई मेरी नवोढा ! उतारिदेउ...
लघुकथा ” माया “

लघुकथा ” माया “

ऋचा शर्मा तिवारी  ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्य साथी थिए सामान्य र्वातालापहरु भैरहन्थ्यो । उ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि वेतारकाृे सम्बन्धले सहयोग गरिरहेको थियो । कहिले साहित्य अनुरागी बनेर उसले उनकोा कविता पढेको पनि रहेछ तस्वीर हेरेको रहेछ ।...
म शब्द हूँ

म शब्द हूँ

यामू निरौला म शव्द हूँसंस्कृत मेरी आमा देवनागरिक मेरो परिवार ।म निराकार छु दिएको आकारमा खुम्चन्छुतिम्रो बिचारमा ढालिन्छुब्याख्या गर्दा वाक्य बनिदिन्छु रचना गर्दा काब्य बनिदिन्छु  ।‘गणतन्त्र’ को नाराले राजालाई चट गरेँ ‘संबिधान ‘ नेपाली जिब्रोमा जपिदै छु लाग्छ जनजिब्रो बाट सधैका लागि सबैका रगतमा संचार हुन पाए हुन्थ्यो लाग्छ...
निस्सार जीन्दगी

निस्सार जीन्दगी

श्यामकृष्ण खकुरेल निश्चय दुश्मनी घर-घरमा छ सम्पती सबैको नजरमा छ ए,पाउ अहिल्यै नथाक भो जिन्दगी अझै नि सफरमा छ पुछेर ऐना खै !के गरुँ म दाग मेरो आफनै अधरमा छ जाउँ म भागेर जाउँ कहाँ ? मृत्यु त एकएक हर प्रहरमा छ यो पुजा प्रभाती के को लागी जब...
परदेश

परदेश

विष्णु सापकोटा बिहान, साझ घरमा चुलो बाल्न नसकेर परदेश पसे चुहिने छानो टाल्न नसकेर । रहर त कहाँ हो र बाध्यताले हिडेको हुँ बुढा भाका बा-आमा लाई पाल्न नसकेर परदेश पसे चुहिने छानो टाल्न नसकेर । चुहिएका ति भित्ताहरु भत्किन आटेका छन् चाहे जस्तो जग मैले बसाल्न नसकेर परदेश...
तिम्रो तस्वीर

तिम्रो तस्वीर

सन्तोष खड्का  कल्पना भित्रको संसारमा हराएर तिम्रो तस्बिर कोरेको थिए। राती अन्धेरोमा भएपनी मधुर प्रकाशमा तिमीलाई कल्पेको थिए। निस्च्ल अनी निर्धोस् तिम्रो अनुहारको चमकले अगाडि सबै उज्यालो भएझै देखिन्थियो तिम्रो तस्बिर सँग मेरो प्रेम भएछ । दिनहु भेट भए जस्तो लग्थियो ,परदेशको मौन्तामा कल्पना नै कल्पना भित्र डुब्दथे ,अनी...
जीवन काट्न रहेछ काट्दै छु

जीवन काट्न रहेछ काट्दै छु

यामु निरौला  अब्बल दोयम सिम चार हिसाब गरूँ कुन बार ?पुराना लुगा फेर्दै छु आखिर जीवन काट्नु रहेछ काट्दै छु  कसरि बितो कसरी बिताउँ सोच्ने फुर्सद कहाँ छ यहाँ ?भ्रम को पर्दा हटाउदै छु आखिर जीवन काट्नु रहेछ काट्दै छु  कति चोट कति हाँसो मन कै तराजु बिग्रेको बेला...
म के गरी खाउँ  ?

म के गरी खाउँ ?

विष्णु सापकोटा के गरी म खाउ जागिर ठुलो मान्छे नाता छैन नजराना चढाउ भने बैकमा मेरो खाता छैन । चहार्दै छु गल्ली गल्ली निरुद्धेश्य भौतारिदै² टेक्ने लाठी छैन शिर माथि छाता छैन नजराना चढाउ भने बैंक मा मेरो खाता छैन । लोभ, रिस, ईर्ष्या, ठगी परिचय मानिसको² स्वार्थी जमात,...