पहिलो पटक ईटालीको रोममा साहित्यिक रचना वाचन (फोटो फिचर सहित)

चारदिशा संवाददाता।

अन्तराष्ट्रिय नेपाली  साहित्य समाज ईटाली च्याप्टर ( अनेसास ईटाली )  को    आयोजनामा  साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष राम भण्डारीको शभापतित्वमा  राजधानी रोममा आयोजना गरिएको कार्यक्रममा ईटाली निवासी स्रष्टाहरुले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा निम्त्याइएका  ईटालीका लागि नेपाली अवैतनिका महावाणिज्यदूत पाओलो नुगारीले साहित्य र कलामा ईटालीवासी नेपालीले देखाएको अभिरुचिले आफूलाई नेपालीसँग मिलेर काम गर्न थप उत्साहित गरेको वताए। अतिथिको प्रेसित पत्रमा साहित्यिक समाज गठन गरेको समाचारले आश्चर्य र खुशिले गद्गद् भएको उल्लेख गर्दै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा रोम समाजका अध्यक्ष देवराज गुरुङ, जनसम्पर्क समितिका महामन्त्री दौलत कुमार शाम्वा, गैर आवासीय नेपाली संघ ईटालीका निवर्तमान उपाध्यक्ष हरिभक्त काराखेतीले साहित्यिक समाजलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।

साहित्यिक सृजना वाचन उत्साहजनक 

ईटालीमा पहिलो पटक आयोजना गरिएको साहित्यिक कार्यक्रममा रचनावाचन उत्साहवर्धक रह्यो। नाकावन्दीमा नेपाल शिर्षकमा कला पन्थ,  डा. मुकुन्द थापा, भीम सुनुवार, हरिभक्त काराखेती, दौलत कुमार शाम्वा, राम भण्डारी, रामहरी खकुरेलले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो।

नारायणी पाण्डे र अमीर महर्जनको कविता  समाजका महासचिव रामहरी खकुरेलले वाचन गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरुलाई संस्थाका उपाध्यक्ष मुकुन्द थापाले स्वागत गर्नभएको थियो भने श्रीमती नीता जिशी थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

12633087_10153925414921103_1231574299_oboard photo12633338_10153925427156103_1966287421_o12656422_10153925414951103_1376323080_o12669235_10153925427036103_1791960314_o12656528_10153925427261103_321038881_o12656145_10153925427116103_1122356190_o