नेपालमा नाकावन्दी – नारायणी पाण्डे

  • नारायणी पाण्डे, फ्लोरेन्स, ईटाली।

12401015_926329340778937_796427361533253514_nअझैपनि अस्पस्ट छ,किन भयो नाका बन्दि?

गरिवलाईनै चोट बढी ,जीवन्सैली भय मन्दी ।

वर्सौ देखि चलेको छ,हड्ताल् र अनेक् बन्दी

चेताएोनी छैन अझै,खै के खालको गरे सन्धी।।

 

केहि दोष छन्  नेपालका पाटी अनि राजनिती

कार्य कुशल भैदिय त अप्ठेरो हुन्न थियो यती ।

चुल्हो निभे  गरिबका छिमेकीले ढोका  लाउदा

बने  कति त भ्रस्टाचारी. सिंगो देशले दु:ख पाउदा।।

 

जति आए नेताहरू  सोधे जनताले  प्रस्न खाली

ति सबै  प्रस्न  मौन रहे  गए कति ज्यान फाली ।

आज देश  किमा  भयो लाचारले बोल्दा खेरी

छिमेकिको घातसंग स्वाभिमानले पोल्दा  खेरी ।।

 

नेपालीले अझै कति यो अन्नयाय सहनु पर्ला

कोलहाल्को यो भुमरीमा कहिले सम्म रहनुपर्ला ।

छिमेकीलाई दु:ख दिई के पाऊछ उस्ले पनि

धिक्कार्दैछन्  संसारले  किन एस्तो  गरियो भनि ।।

 

अब स्वैकार जो अधिकार नेपाल भू परिब्ष्टीको

सुधारियोस् छिमेकि हो,नेपाललाई हेर्ने दृष्टी जो ।

हिलो मै फूले पनि आखिर कमल सुध्द  छन्

लौ  नसिकाउ  युध्द  याहा जुन भुमीमा बुध्द छन् ।।

 

हो कहिले काही झगडा हुन्छ घर अनि छिमेकमा

तर अब गर सन्धि नचुकेर, कर्तव्य यो बिवेकमा ।

जनता सबै अभिग्य छन्,नाका बन्दी किन देशमा

हामी पनि अभिग्य छौ नाका वन्दी छ, कुन भेशमा ।।

अनेसास ईटालीद्वारा आयोजित प्रथम रचना वाचन कार्यक्रममा बाचित कविता ।

( फ्लोरेन्स, ईटाली निवासी रचयिता अन्तराष्ट्रिय  नेपाली  साहित्यिक समाज ईटालीका उपाध्यक्ष हुन्। )