हाम्रा बा र ती दशैंहरु.

बा आउनुहुन्थ्यो र त दशै आउथ्यो या दशैं आंउथ्यो र त बा आउनुहुन्थ्यो …..
गाँउभर ढकमक्कै फुल,
अनी बयली खेलेको धान लौ बाकस बोक्ने मान्छे पठाउनु भन्ने खवर,
बा’को नाम लेखेको बाकस र केही गुन्टा संगै बा आउनुहुन्थ्यो,
आमाको अनुहारमा धपक्क ख़ुशी अनि घरमा दशैँ आउथ्यो …
केही हर्कुलसका ‘रम’ अनि केही सिक्किमे ब्राण्डी,
घरभरी कपुरको वासना , मनभरी गदगद
ख़ुशी बाकसको हमाम र रेक्सोना साबुनले नुहाउने फुर्ती ,
.आमा ढुक्क देखिनुहुन्थ्यो, अनि हाम्रो दशैं आउथ्यो ….
घरमा केही कम्बल थपिन्थे, केही खाकी क़मीज़,
अनायास चहलपहल बड्थ्यो ‘चाय’ को चुस्कीसंगै आँगनका ‘बिड़ी’ का ठुटाहरु टिप्ने तँछाडमछाड
यस्तै हेर्दै आमा रमाउनुहुन्थ्यो अनि घरमा दशैं आउथ्यो …..
मनै जुरुक जुरुक पार्ने पल्टनिया गफ,
अच्छा,और,काफ़ी, लेकिन बहुत थपिन्थ्यो बोलीमा,
मेहतासा’ब, गुप्तासा’ब , थापासा’बहरुका कहानी,
आउथ्यो साहुहरुको ब्याज,
आमामा जाँगर अनी घरमा दशै आउथ्यो ….
धुलाम्मे फ़िलिप्स रेडियो नयाँ एव्रेडी बेटरीले ख़ुशी हुदै बज्थ्यो
एकाएक जब ‘हे वरै आमाले सोध्लीन नी खोई छोरा भन्लीन’
भन्दै झलकमान बज्थे गितसंगै आमाका आँखामा आशु,
घरमा मौनता छाउथ्यो बा एकछीन चुपचाप
तर हामीलाई भने उही घरमा दशै आउथ्यो ….
छरछिमेकका लागी ‘सुईदार’ आए भन्ने समाचार ,
हरेकका दुईटा प्रश्न ‘कहिले आईस?’ र ‘कति छुट्टी’
पहिलो सामान्य हुन्थ्यो तर दोश्रो प्रश्नले आमालाई छुन्थ्यो
हामी केटाकेटी न आमाको आशय बुझ्थ्यौं न त बा’को वाध्यता,
बस् दशैं भने घरमा पक्कै आउथ्यो
तर अब बा कहिल्यै आउनुहुन्न अनी त्यस्तो दशैपनि कहिल्यै आउदैन …..
बिक्रम भट्टराई अर्मला पोखरा हाल अल्डरसट बेलायत