” दोबाटोको प्रेम “

अच्युतराज ढकाल , एन्टवेरपेन बेल्जियम ,

भन प्रिय मैले तिमीलाई
आफ्नो मानेर
तिमी सित मुटु साटनु
के भुल थियो?
भन्ने गर्थ्यौ तिमी बाहेक
अरु कुनै सपनामा पनि छैन
तिमीनै सुरु अन्त्य पनि तिमी!

मेरो मुटुको धड्कन अनि कलेजी पनि तिमी!
मैले हेर्ने संसार पनि तिमी
मेरो चाहना कामना तिमी बस यत्ती
अरु कुनै चाह छैन!

तर यसरी आयौं
फेरि दोबाटोबाट
किन पाइला मोडेर गयौं
एकपटक फर्किन पनि सकिनौ ?
निष्ठुरी सजाएका ती मिठा सपना
किन बिचैमा तोडेर गयौ?

जहाँ भेटिएकी थियौ त्यही स्तब्ध छन
मेरा पाइला मेरो मौनता
भन प्रिय अनगिन्ती सपना देखाएर
मेरो मायालाई सदाका लागि
आर्यघाटमा खरानी बनाएर मायाको
अस्तु पखालेर गयौं !

आकाश धर्ती साक्षि छन्
यी मन मुटु आनि सपना
तिम्रै लागी अझै धड्कन्छन प्रिय
सिर्फ तिम्रै लागि।