जन्मदिनको शुभकामना दिदी

प्रेरणाकि स्रोत उनी
निष्चल भावमा, ममताको अभावमा
मातृत्व पस्किदिने, बिग्रलाकि भनेर झस्किदिने
सदासयतामा खुशी हुने,  म बिचल्लित हुदा दुखी हुने
सहोदरताको उदारतामा, हरेक पाइला पाइलामा सहयोग दिने

आमा भाबकी धनी उनी,  प्रेम भाबमा पनि उनी
हृदय छचल्कायेर, सगै हिंडन सिकाउने
असजहतामा नि आफ्नो बोली बिकाउने
हिम्मती, साहसी, आटिली उनी

नातामा मेरि दिदी आस्थामा हजुर देवी
ब्यवहारमा सुत्रधार हजुर मेरो उन्नतिको आधार

हृदय देखि जन्मदिनमा यिनै शब्दहरुको भेटि चढाउछु
दिदी जन्मदिनको शुभकामना  🌹