” कर्म योगी बन्छु म ” तारा पौडेल

पन्छएर तिमीलाई मबाट टाढा
मेरो कुनै प्राप्ति छैन, अनि
प्राप्ति पछिको कुनै समाप्ति पनि छैन

म जान्दिन स्वर्ग र ब्रम्हालोकका गाथाहरु
म बुज्दिन हिटलर र नेपोलियनका कथाहरु
म त बीउ उमार्छु बाली सपार्छु सस्यसालिनी धर्तीबाट

मलाइ तिमी जागेकोमा आरिस छैन
म आफै डुबेकोमा नि रिस छैन,

रबाफिलो हुनलाई उन्नतिले शिखर छुनलाइ
म मेरो नाम छर्दिन नामका लागि काम पनि गर्दिन
दुखेसो गर्दै बिहान बेलुका पेट भर्दै मस्त छु ब्यस्त छु

मलाई मुर्दावाद र जिन्दावाद घन्काउनु छैन
कसैले दिन्छ कि भनि घाटि तन्काउनु छैन
अर्काको प्रगतिमा शरीर फन्काउनु छैन
अनि,
कसैको सुन्दरता प्रति अँखा सन्काउनु छैन

 

मेरो योग नै कोदालो हो अनि कुटाे हो
तिनैका साहारामा म बचेकी छु हासेकी छु
मलाइ तिमी काम देउ इमान देउ
म कर्मयोगी बनेर यहि फलाउछु अनि सके यहिबाट पलाउछु,

मलाइ कर्मयोगी बन्नदेउ
म पनि काम गर्छु भन्न देउ
म पनि काम गर्छु भन्न देउ।