केन्यामा तोङ्ग ईल मो–दो खेलाडीले जिते स्वर्ण पदक

काठमाण्डौं – सातौ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपालले १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार डिसेम्बर ७–८ मा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कैलालीका नम बिष्टले फाइटमा १ स्वर्ण र कातामा १ रजत, झापाका प्रकाश श्रेष्ठले कातामा १ रजत, गोरखाका जयबहादुर तामाङ फाइटमा १ रजत र सामूहिक कातातर्फ एक रजत तथा एकल कातातर्फ १ कास्य जितेका छन् ।

त्यस्तै सुर्खेतका मंगल शाहीले फाइटतर्फ १ कास्य पदक नेपालका जितेका छन् । प्रतियोगितामा भाग लिन उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा ६ सदस्य टोलि दक्षिण अफ्रिकी देश केन्याको मम्बोसा शहर पुगेको थियो ।

प्रतियोगितमा विश्वका २५ मुलुक सहभागी थिए । खेल सम्पन्नपछि केन्याका खेलकुद मन्त्री, विश्व तोङ्ग ईल मो दो संघका संस्थापक डा. जोन हु सुक, संघका अन्तर्राष्ट्रिय उपाध्यक्ष मास्टर ताका मिस्टु हुसिले बिजेता खेलाडीहरुलाई मेडल प्रदान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य इन्दिरा निरौलाले विजेता नेपाली टोलीलाई खादा लगाएर बिदाई गरेकी थिइन्् । तोङ्ग ईल मो–दो नेपालका महासचिव बिष्णु गिरीले खेलाडीहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएपनि नेपाली खेलाडीले केन्यामा देशको झन्डा फहराउन सफल भएको भन्दै खुशी व्यक्त गरे ।

तस्बीरहरु हेर्नुस्

 

तस्बीर: विष्णु गिरी