हरि खत्रीलाई निर्बिरोध अध्यक्षमा चयन गर्दै एनआरएन लक्जमबर्गको अधिबेशन सम्पन्न

काठमाण्डौं – हरि बहादुर खत्रीलाई निर्बिरोध अध्यक्षमा चयन गर्दै एनआरएन लक्जमबर्गको अधिबेशन सम्पन्न भएको छ ।

आईसीसी उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री के. सी., सचीव जानकी गुरुङ्ग, युरोप संयोजक शिव कुमार बरुवाल, एनआरएन कृषि प्रबर्द्धन समितिका संयोजक युवराज गुरुङ्ग लगायतको सहभागीता रहेको अधिबेशनले आईसीसी सदस्यमा बालकृष्ण सापकोटालाई चयन गरेको छ ।

खत्रीको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा विमलबाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिव यम बहादुर खत्री, सचिव विश्वजित बहादुर थापा, कोषाध्यक्ष युद्ध बहादुर थापा, सहकोषाध्यक्ष नारायण प्रसाद दवाडी, महिला संयोजक दुर्गा केसी थापा, र युवा संयोजक नवजित न्युरे यस्तै कार्यसमितिको सदस्यहरुमा बिष्णु खत्री, चँगु नारायण सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोयल गुरुगं, प्रेम गोयल, सरस्वती थापा, यम बहादुर थापा निर्विरोध भएका छन् । अधिवेशनले संघको प्रवक्तामा बालहरि राइ चयन गरेको छ । कार्यक्रमको उद्धघाटन नेपाली दूतावासका उपनियोग प्रमुख सुधिर भट्टराईले गरेका थिए ।