साईप्रस जनसम्पर्क समितिको सभापतिमा सीता अर्याल सर्बसम्मत निर्वाचित

काठमाण्डौं – नेपाली कांग्रेस निकट प्रबासी नेपाली हरुको संगठन साईप्रस जन सम्पर्क समितिको सभापतिमा सीता अर्याल सर्बसम्मत चयन भएकी छिन ।

आइतबार सम्पन्न भेलाले सर्बसम्मत रुपमा सत्र सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । नेपाली कांग्रेसका प्रबक्ता विश्व प्रकाश शर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा बिरेन्द्र सिंह कार्की जनसम्पर्क समिति डेनमार्क सभापति त्यस्तै बिशेश अतिथी डा. राम जीवन पंजिकार, एनआरएन का केन्द्रिय उपाध्यक्ष कुल चन्द्र आचार्य, जनसम्पर्क समिति कतारका पुर्व सभापति एंब एनआरएन आईसीसी सदस्य बिमला सुवेदी सहित अतिथिको रुपमा यातायात ब्यबस्था बिभागका निर्देशक तिर्थराज खनाल र बिनोद तिमल्सिना लगायतका अतिथिको सहभागीता थियो ।

यस्तो छ निर्वाचित नयाँ कार्यसमिति

सभापति :- सीता अर्याल
उपसभापति :- पुष्पा मिश्र
उपसभापति :- कर्चुङ लामा ह्योल्मो
माहामन्त्री :- कुमार सिंह मन्याल
माहामन्त्री :- सरस्वति तिमल्सिना
सहमाहामन्त्री :- इन्दिरा उप्रेती
सहमाहामन्त्री :- पेम्बा ओमु लामा
सहमाहामन्त्री :- लक्ष्मी पौडेल
सहमाहामन्त्री :- लक्ष्मी काफ्ले
कोषाध्यक्ष :- लक्ष्मिता गुरुङ
सदस्यहरु :- सरस्वति भुसाल
” :- कुशुम गुरुङ
” :- चमेली धिताल
” :- रुपक खतिवडा
” :- कृष्ष आचार्य
” :- राम सुन्दर यादब
” श्रृटिना महर्जन

को हुन सभापति चुनिएकी अर्याल

धादिङ जिल्लाको तत्कालीन ढोला गा. बि. स. को महिला संघको संस्थापक सभापति बाट राजनैतिक जिवनको सुरुवात गरेकी अर्याल महिला संघ धादिङको सचीव हुँदै अहिले नेपाली कांग्रेसको महाधिवेशन समिति सदस्य हुन ।

कम्युनिस्टहरुको निकै प्रभाव रहेको धादिङको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन बिस्तारमा सकृय अर्याल नेपाली जनसम्पर्क समिति साईप्रसको संस्थापक सभापति समेत हुनुका साथै नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन । स्मरण रहोस् , नेपाली कांग्रेसको बिधान अनुसार जनसम्पर्क समिति सभापति स्वत: महासमिति सदस्य हुने ब्यबस्था छ ।