प्रवासमा नेपाली मुलका खेलाडिहरुको समरकप, निप्जोम पोर्चुगललाई उपाधी

बेल्जियम – युरोपका विभिन्न ठाउँमा छरिएर रहेका खेलाडिहरु बिच मित्रता अभिबृद्वी गर्ने उदेश्यले आयोजना गरिएको सेभेन ए साईड युरोप समर कप फुटबलको उपाधी निप्जोम पोर्चुगलले जितेको छ ।

एनबिएफसी बेल्जियमको आयोजना अगष्ट ११ देखि संचालित प्रतियोगितामा कुल ११ टिमको सहभागीता रहेको थियो । बेल्जियमका लागि नेपाली राजदुत लोक ब. थापाको प्रमुख आतिथ्यता रहेको प्रतियोगिताको अध्यक्षता एनबिएफसी क्लबका अध्यक्ष एंब नेपाली राष्ट्रिय फुटबल टोलिका पुर्व खेलाडी ज्ञानु थापाले गरेका थिए ।

प्रतियोगिताको संचालन क्लबका महासचिव एंब प्रतियोगिताका संयोजक बुद्ध बस्नेतले गरेका थिए । बेल्जियमको लुभान सिटीमा सम्पन्न प्रतियोगितामा क्लबका तर्फबाट खेम राज कार्की, नवीन नेपाल, पेमा भुटिया, बल ब. थापा, भक्त सुब्बा, तुङ्गा निरौला, राजेश सुब्बा, सुनिता बस्नेत र राजु श्रेष्ठले स्वंय सेवकको भुमिका निभाएका थिए ।

दर्शक एंव खेलाडीहरू गरी करीव २५० को ऊपस्थितीमा सम्पन्न उक्त प्रतियोगितामा गैर आवासिय नेपाली संघ बेल्जियमका वरिष्ठ उपाध्यक्ष कमल पन्थी, प्रथम उपाध्यक्ष गोविन्द अधिकारी ,महासचिव आङमाया लामा , आईसिसी सदस्य पदम गुरूङ , गैर आवासिय नेपाली संघ स्पेनका अध्यक्ष चिन्तामणि सापकोटा ,द हिमालयन सोसाईटी सेन्त्रोदिनका अध्यक्ष सोताङ तामाङ , द हिमालयन सोसाइटीका भूतपूर्व अध्यक्ष एंव ठकुरी समाजका महासचिव कुम शाही , मगर समाजको तर्फवाट नेत्र मगर , विरमान घर्तिमगर , सिक्लेश पार्चे कल्याण कोषका पदाधिकारीहरू , तमु समाज अध्यक्ष नन्द कुमारी गुरूङ , जनसम्पर्क समिति वेल्जियमको निवर्तमान अध्यक्ष सुवाश जोशी ,बाग्लुङ्ग समाजका अध्यक्ष गंगा शर्मा , किरात समाजका पदाधिकारीहरू , पूर्वेली समाजका पदाधिकारीहरू र झापाली समाजका महासचिव भेषराज श्रेष्ठ उपस्थित रहेका थिए ।

प्रतियोगिताको फाइनलमा निप्जोम पोर्चुगल सिक्लेश एल ए टाइगर वेल्जियमलाई २ को विरूद्द ३ गोल गर्दै नतिजा आफ्नो हातमा पार्न सफल भयो । प्रतियोगितामा ५ गोल गर्दै निप्जोम पोर्चुगलका वचन आले मगर टप स्कोरर भए भने नेप्जिम पोर्चुगलकै राकेश गुरूङ वेष्ट प्लेयर घोषित भए ।

प्रतियोगिताको विजेता टिमले १५०० युरो र दोश्रोले १००० युरो पुरस्कार पाए भने प्रतियोगितामा टप स्कोरर , टप गोलकीपर , वेष्ट प्लेयरलाइ पनि १०० युरोका साथ ट्रफि मेडल र प्रमाण पत्रवाट सम्मानित गरिएको थियो । उक्त प्रतियोगिताका सम्पूर्ण ट्रफि र मेडल इसाकी सुशी हासल्टका संचालक कृष्ण सिम्खडाले प्रायोजन गरेका थिए ।

प्रतियोगिताको फाईनल टिमका विजेता निप्जोम पोर्चुगललाई प्रथम पुरस्कार ट्रफि एन बि एफ सि भेट्रान्स परिवार अध्यक्ष ज्ञानु थापा लगायतका राजु श्रेष्ठ, बल बहादुर थापा , खेम राज कार्की , नविन कुमार नेपाल , सूर्य ढकाल , सुर्दशन सिम्खडा , भक्त सुब्बा , वुध्द वस्नेत , तुङ्गा निरौला ,राजेश सुब्बाले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । प्रतियोगितामा नेपाली खानाका लागि वसन्ति ब्लोनले स्टल संचालन गरेकी थिईन् ।