गैर आवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्षमा घनश्याम काफ्लेको उम्मेदवारी घोषणा !

सबै बेल्जियम बासी नेपालीको सहयोग पाउने बिश्वास

बेल्जियम – गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागी घनश्याम काफ्लेले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

चारदिशा सँग आफ्नो उम्मेदवारी बारे कुरा गर्दै उनले एनआरएनए को मुल मर्म र भावनाको सम्मान गर्दै बेल्जियमको नेपाली समाजलाई एकताबद्ध बनाई एनआरएनएको अभियानमा सक्रिय सहभागी हुँदै समाज र मातृभूमीको लागी सकेको सहयोग गर्ने उदेश्यले आफुले संस्थाको नेतृत्व तहमा बसेर काम गर्न चाहेको बताए ।

चुनावको बेला सकृयता देखाउने पद पाएपछि संस्थाको बैठकमा पनि उपस्थित नहुने ब्यक्तिहरुलाई चुनेर पठाउदा संस्था कमजोर हुने हुँदा सबैले बिबेक पुर्‍याएर सक्षम ब्यक्तिलाई संस्थाको जिम्मेवारि दिन पनि उनले सबैलाई अनुरोध गरे ।

द हिमालयन सोसाइटिको पुर्ब अध्यक्ष, एनआरएनए बेल्जियमको संस्थापक सल्लाहकार, नेपाली ब्यबसायी संघको पूर्व कोषाध्यक्ष, एनआरएनए बेल्जियमका अनररी काउन्शिल सदस्य रहेका काफ्ले तन मन र धनले समाजसेवालाई अगाडि बढाउन आफु उपाध्यक्षको उम्मेदार हुन लागेकोले सबै बेल्जियमबासी नेपालीको सहयोग पाउनेमा आशाबादी रहेका छन ।