गैर आवासीय नागरिकताको सम्बन्धमा संबिधानमा नै प्रष्ट ब्यबस्था छ, भ्रमको पछि नलाग्न आग्रह: शशी श्रेष्ठ

बेल्जियम – संसदको राज्य ब्यबस्था एंब शुशासन समितिकि सभापति शशी श्रेष्ठले नेपालको संबिधानले नै गैर आवासीय नेपालीको नागरिकता बारे प्रष्ट ब्यबस्था गरेकोले भ्रमको पछि नलाग्न आग्रह गरेकी छन् ।

मुलुकी ऐन संशोधन बिधेयक संसदमा बिचाराधिन रहेकै अवस्थामा सम्बन्धित संसदीय समितीको भनाईले गैर आवासीय नेपालीको नागरीता सम्बन्धमा धेरै कुरा प्रष्ट पारेको छ । “ कमि कमजोरीका बाबजुद नेपालको संबिधान उत्कृष्ट छ, गैर आवासीय नागरिकताको ब्यबस्था संबिधान नै भएकोले कोहि भ्रममा पर्न आबश्यक छैन । ´´ उनको भनाई थियो ।

गैर आवासिय नेपाली संघ बेल्जियमको सातौं अधिबेशनलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेकी हुन् । अधिबेशन उद्घाटन कार्यक्रममा सहभागी हुन बेल्जियम आईपुगेकि सभापति श्रेष्ठको उक्त धारणा सँगै एनआरएन नागरिकता सम्बन्धमा उक्त धारणा बाहिर आएको हो ।

संसारमा नागरिकता प्राप्त गर्ने ब्यबस्था देश अनुसार फरक फरक रहेको स्मरण गर्दै सभापति श्रेष्ठले नेपालको संबिधानले पनि देश बाहिर रहेका ४० लाख भन्दा धेरै नेपाली देश बाहिर रहेको तथ्यलाई आत्मसात गर्दै बिदेशी नागरिकता लिएका नेपाली नागरिकहरुलाई नेपाल सँग जोडी राख्न, नेपाल सँगको भावनात्मक सम्बन्धलाई जिबित बनाई राख्न गैर आवासिय नेपालीहरुलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैर आवासिय नेपाली नागरिकताको ब्यबस्था गरिएको स्पष्ट पारिन ।

अधिबेशन उद्घाटन कार्यक्रममा सभापति श्रेष्ठ सहित नेपाली कांग्रेसका नेता एंब पुर्व मन्त्री वीर बहादुर बलायर, नेकपा नेता एंब पुर्व सांसद लीलामणि पोख्रेल, बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा, एनआरएन केन्द्रिय उपाध्यक्ष कुमार पन्त, सचीव जानकी गुरुङ, युरोप संयोजक शिव बरुवाल, सल्लाहकार सुरेन्द्र श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति थियो ।

चित्र सुवेदीको अध्यक्षतामा सर्ब सम्मत कार्यसमिति चयन गर्दै एनआरएन बेल्जियमको अधिबेशन समापन भएको छ । एनआरएन बेल्जीयमको पहिलो अधिबेशन पछि सातौ अधिबेशन सर्बसम्मत कार्यसमिति चयन गर्न सफल भएको छ ।