एनआरएनए कतारको नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न, नवनिर्वाचित पदाधिकारीहरूले लिए शपथ

कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ राष्ट्रिय महाधिवेशन-२१२१ सम्पन्न भएको छ । नेपाली दूतावासको सभा हलमा र जुममार्फत सम्पन्न कार्यक्रम कतारका लागी नेपाली राजदूत नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राजदूत भारद्वाजले एनआरएनए कतारले नेपाली समुदायलाई गरेको सहयोग अतुलनीय रहेको बताए । संघले नेपालमा कोरोना बिरुद्घको लडाईंमा गरेको सहयोगको प्रशंसा गर्दै राजदूत भारद्वाजले आफूले खेलकुद तथा संस्कृति मन्त्रालयमा भेटघाट गरी कतारमा नेपाली समुदायको लागी साँस्कृतिक भवन निर्माणको लागी पहल गरिरहेको जानकारी दिए ।

एनआरएनए सामाजिक संस्था रहेको हुनाले आफूले यस संस्थालाई कतारको सरकारी निकायमा दर्ता गर्नको लागी पहल गरिरहेको बताउँदै उनले सकेसम्म भवन सहितको घरको लागी आफूले पहल गरिरहेको बताए ।

कार्यक्रममा नियोगका द्वितीय सचिव प्रवीण भट्टराई, संघका केन्द्रीय अध्यक्ष कुमार पन्तलगायत विभिन्न संघ, संस्थाका उच्च पदाधिकारीको विशेष आतिथ्यता रहेको थियो । राष्ट्रिय गान, दीप प्रज्वलनसहित शुभारम्भ गरिएको कार्यक्रममा संघका उपाध्यक्ष कुमार खड्काले स्वागत मन्तव्यद्वारा कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए  ।

अध्यक्ष पन्तले आइसिसीले सञ्चालन गरेका अभियानमा संघ कतारले उल्लेख्यरूपमा योगदान गर्दै कार्य सम्पादन गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ, संस्था समाजका अग्रज तथा पञ्जिकृत सदस्यहरूको तर्फबाट विभिन्न वक्ताहरूले बोल्दै आगामी कार्यकालको लागि शुभकामना तथा सफलता पूर्वक कार्यकाल समपन्न गरेकोमा संघको १९/२१ कार्यकालका पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।

दुई चरणमा सम्पन्न कार्यक्रमको खुल्ला सत्रको सहजीकरण संघका महासचिव पदम गिरीले गरेका थिए भने मौजुदा कार्यसमिति भंग गर्दै महाधिवेशन दोस्रो अर्थात् बन्द सत्रमा प्रवेश गरेको घोषणा कार्यक्रमका सभापति मुक्तदाले गरेका थिए ।

महाधिवेशनबाट गत ९ जुलाईमा सम्पन्न नवौँ निर्वाचनबाट निर्विरोध विजयी कार्यसमितिका पदाधिकारीहरूलाई नयाँ कार्यसमिति चयन समितिका संयोजक रमेश भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । साथै दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामसमेत प्रस्तुत गरिएको थियो ।

निर्विरोध निर्वाचित भएका आईसिसि सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक कुमार खड्का (कुमार), अर्षद हुसेन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी(कुमार) र तेज कटुवाल रहेका छन । यसैगरी अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्षमा जैवी राई, द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री निर्विरोध निर्बाचित भएका छन । यसैगरी महासचिवमा पदम गिरी, सचिवमा रबिन थापा मगर र दिपजंग शाह र कोषाध्यक्षमा बिनोद प्रसाद बसौला निर्विरोध निर्वाचित भएका छन भने सह–कोषाध्यक्षमा बालकृष्ण न्यौपाने विजयी भएका छन् ।

यसैगरी नानु घले ब्लोन महिला संयोजकमा र युवा संयोजकमा डेक ब.भारती (सुमन) निर्विरोध निर्बाचित भएका छन । निर्वाचन समितिको मापदण्ड अनुसार लेखा समिति सदस्यमा उम्मेदवारी दिएका सन्तोष रेग्मीे लेखा समिति संयोजक, टीकाराम गौतम (अमित) र गणेश भट्ट निर्विरोध निर्बाचित भएका छन् । यसैगरी एनआरएनए एनसीसी कतारकोे सदस्यमा तारानाथ बास्तोला (पवन), सेवक बि.क., खडक बहादुर पा फागो, नारायण प्रसाद ढुङगांना, मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन, रामबाबु यादव र अगन्धर देवकोटाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्बाचित भएका छन् ।