एनआरएनएको नाम र लोगो दुरुपयोग नगर्न आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिक नाम र लोगो अनाधिकृतरुपमा प्रयोग भएको पाइएपछि संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता सोम सापकोटा र शिबकुमार बरुवालले बुधबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक निकाय बाहेक अरु कसैलाई पनि संघको लोगो र नाम दुरुपयोग नगर्न आग्रह गरेका छन् ।

एनआरएनएको दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मार्च २६–२७/२०२२ मा काठमाण्डौको हिमालय होटलमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन तथा प्रधानमन्त्री शेरवहादुर देउवाले समापन गरेको स्मरण गराउँदै सर्बसम्मत तरिकबाट भएको महाधिवेशनलाई पनि पराष्ट्र मन्त्रालयले विधान संशोधनलाई पनि प्रमाणिकरण गरिसकेको अवस्थामा कसैलाई भ्रममा नपर्न पनि अनुरोध गरिएको छ ।

विज्ञप्तिमा अनाधिकृत रुपमा संघको नाम र लोगोको दुरुपयोग गरी पठाइने कुनै पनि पत्र गैरआवासीय नेपाली संघको आधिकारिक पत्र नभएकोले यस सम्वन्धी कुनै पनि भ्रममा नपर्न पनि सम्पूर्ण एनसिसिलगायत सम्वन्धित सबैमा अनुरोध गरिएको छ ।