“ईमान्दारिता पहिला, संस्थागत बिकासमा महिला´´ भन्ने नारा सहित एनआरएन महासचिवमा गुरुङको दाबेदारी

बेल्जियम – एनआरएन स्थापना काल देखि नै यस अभियानमा जोडिएका सिमित महिला नेतृहरु मध्यकि एक नेतृ तथा एनआरएन बर्तमान कार्यसमितिकि सचीव जानकी गुरुङले आगामी कार्यकालको लागि महासचिव पदको आफू प्रवल दाबेदार रहेको जानकारी दिईन ।

चारदिशा सँग कुरा गर्दै बेल्जियम कर्मथलो बनाएकी गुरुङले एनआरएन स्थापनाकाल देखि नै आफुले उठाउँदै आएको संस्थागत बिकृती संसारभरका एनआरएनले बुझेकोमा आफुलाई गर्व लागेको उल्लेख गर्दै संस्थाको बिकृती र बिसंगती हटाउन लाग्नु नै आफ्नो पहिलो प्रतिबद्धता रहेको समेत उनले जानकारी दिईन ।

संसारभरका एनआरएन साथिहरुकै आग्रहमा महासचिवपदको लागि आफुले तयारी थालेको उनको भनाई छ । “ ईमान्दारिता पहिला, संस्थागत बिकासमा महिला ´´ भन्ने मुल नारा चयन गर्दै महिलाको संस्थागत बिकासका लागि आफुले सदैब पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरिन ।

सम्पूर्ण एनआरएनलाई सहयोगको आह्वान गर्दै महासचिवकि दावेदार गुरुङले आफ्ना केही प्रतिबद्धता समेत सार्बजनिक गरेकि छन् ।
– संस्थामा महिला नेतृत्व र सहभागीतालाई अक्षरमा होइन, ब्यबहारमा लागू गरेर देखाउने ।
– एनसिसी \ आईसीसीमा बजेट पद्धति लागू गरि बालबालिका, युवा, महिला, पत्रकार, कला सिर्जना र नेपाल प्रबर्द्धन लगायतका बिषयलाई प्राथमिकताका साथ कार्यक्रम र नीति तर्जुमा गर्ने ।
– संस्थालाई थप पारदर्शीता, चुस्त सचिवालय र ब्यबहारिक संस्था बनाउन ।
– मुलुकको बिकास र समृधीको लागि सामुहिक लगानीलाई बिश्वासिलो ढंगले लागू गर्ने ।
– संस्थामा सबैलाई आबद्ध गराउन सरल र सहज बाताबरण बनाउने ।
– दक्ष, प्राबिधिक र बौद्धिक जनशक्तिलाई देश बिकासमा सरिक गराउन विशेष कार्यक्रम तर्जुमा गर्ने ।
– संस्थामा मौलाउँदै गएको रकमी, कलमी र सबैखाले रकमी, कलमी र सबैखाले गलत प्रवृत्तिलाई रोक्न रोक्न संस्थागत पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

को हुन महासचिवकि दावेदार गुरुङ ?

एनआरएको स्थापना कालदेखी नै संस्थामा जोडिएकी गुरुङ सन् २००५ मा बेल्जियम तदर्थ समितिको संस्थापक कोषाध्यक्ष, २००६ देखि २००८ सम्म एनआरएन बेल्जियमको सल्लाहकार, २००६ देखि २००८ सम्म एनआरएन युरोप सह संयोजक समेत बनेकी थिईन ।

सन् २०११ देखि २०१३ सम्म एनआरएन बेल्जियमको तेस्रो कार्यकालको अध्यक्षको जिम्मेवारी सफलतापुर्बक पूरा गरेकी गुरुङ २०१३ देखि २०१७ सम्म लगातार दुई कार्यकाल आईसीसी सदस्य, हाल एनआरएन केन्द्रिय सचिवको जिम्मेवारी सम्हालीरहेकी छन् । निडर र हकी स्वाभावकी गुरुङ महिलालाई क्षमता अनुसार जिम्मेवारी दिनुपर्नेमा जोड दिन्छिन । आगामी कार्यकालको लागि महासचिवको उम्मेदवार बनेकी गुरुङ निकै सम्भावना बोकेकी महिला नेतृ समेत हुन ।