राजनिति

शाेक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

१४ जना पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने छ ।  बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा...

बिस्तृत
सुर्खेतमा सरकारी कार्यालय कब्जा गर्ने तयारी

सुर्खेतमा सरकारी कार्यालय कब्जा गर्ने तयारी

सुर्खेत, ३ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै आएका सुर्खेतका आन्दोलनकारीहरुले शान्त भएको प्रदर्शन फेरी चर्काउन थालेका छन् । उनीहरुले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनकारीहरुले निषेधाज्ञा अवज्ञाको आन्दोलन सुरु गरेसंगै फेरि प्रदर्शन उग्र हुने देखिएको छ ।...
वाक्य पूरा गर्न सांसदलाई हम्मेहम्मे

वाक्य पूरा गर्न सांसदलाई हम्मेहम्मे

काठमाडौँ, २ भदौ । अधिकांश सांसदलाई सभामुखको आग्रह हुन्थ्यो “सकौं माननीय सदस्य” । सांसद्को जवाफ हुन्थ्यो “सकियो हजुर ।” यद्यपि उहाँहरुले थप एकाध मिनेट बोल्न छाड्नु भएन । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकमाथि १० वटा मन्त्रालय र चारवटा अन्य निकाय गरी १४ संस्थाका नीति तथा...
सुदुरपश्चिम ठप्प, जनजीवन चौपट

सुदुरपश्चिम ठप्प, जनजीवन चौपट

काठमाडौं, २ भदौ । चितवनदेखि कञ्चनपुरसम्मको भू–भाग थरुहट प्रदेश हुनुपर्ने माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द नवौं दिनमा प्रवेश गरेको छ । नौ दिनदेखिको बन्दले पश्चिमी जिल्लाहरु समेत प्रभावित बनेका छन् । सबैभन्दा बढी सर्वसाधारणको दैनिकी चौपट बनेको छ । बन्दको कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके,...
सप्तरीमा कर्फ्यु हटाइयो, तनाव कायमै

सप्तरीमा कर्फ्यु हटाइयो, तनाव कायमै

काठमाडौं, २ भदौ । सप्तरीको भारदहमा मंगलबार साँझदेखि लगाएको कर्फ्यु स्थानीय प्रशासनले हटाएको छ । मंगलबार अपरान्ह ४ बजेदेखि लगाइएको कर्फ्यु आज (बुधबार) बिहान ५ बजेबाट हटाइएको हो । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव शान्त गर्न स्थानीय...
मस्यौदा समितिलाई थप चारदिन

मस्यौदा समितिलाई थप चारदिन

काठमाडौं, १ भदौ । प्रदेशहरुको सीमांकनलगायतका विषयमा सहमति खोज्न मंगलबार बसेको शीर्ष नेताहरु सम्मिलित विशेष समिति बैठक निश्कर्षविहीन भएको छ । बिहानदेखि पटक–पटक बैठक बसेपनि सीमांकनको विषयमा कुनै सहमति बन्न सकेन । बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानसभाले मस्यौदा समितिलाई चारदिनको...
सद्भावनाका सबै सभासद्ले राजीनामा दिने

सद्भावनाका सबै सभासद्ले राजीनामा दिने

काठमाडौं, १ भदौ । सद्भावना पार्टीले संविधानसभाबाट अलग हुने निर्णय गरेको छ । सद्भावना अध्यक्ष राजेन्द्र महतोले मंगलबार साँझ आफ्ना सबै ६ जना सभासदले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । प्रमुख दलले दुई तिहाइ बुहमतको दम्भ देखाएर ल्याएको संविधानको मस्यौदाले मधेसी, थारु, दलित, आदिवासी आदि समुदायको प्राप्त अधिकारलाई...
प्रहरी दमनविरुद्ध सभासदहरु

प्रहरी दमनविरुद्ध सभासदहरु

काठमाडौं, १ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गर्नुभयो । सांसद मोहनकुमार राईले वर्षाका कारण बाग्मती नदी बढेर काठमाडौँका धेरै स्थानमा क्षति पु-याएको, धोबीखोला क्षेत्रमा रहेका सुकुम्बासी टोलका जनता बाढीका कारण आतङ्कित...
सिरहाको मिर्चैया क्षेत्र तनावग्रस्त

सिरहाको मिर्चैया क्षेत्र तनावग्रस्त

लहान, १ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका कारण सोमबार साँझदेखि तनावग्रस्त बनेको सिरहाको मिर्चैयामा अझै प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन जारी राखेका कारण मिर्चैया क्षेत्र अझै शान्त हुन नसकेको हो । नेकपा–माओवादी र संयुक्त मधेसी मोर्चाको निरन्तरको बन्दका कारण सिरहाको बन्दीपुर, मिर्चैयालगायतका स्थानमा...
सहमतिमा ढिलाइ मस्यौदा प्रभावित

सहमतिमा ढिलाइ मस्यौदा प्रभावित

काठमाडौं, १ भदौ । प्रमुख राजनीतिक दलबीच संविधानका केही विवादित विषयमा सहमति हुन नसक्दा संविधान मस्यौदा समितिको काम प्रभावित भएको छ । मस्यौदा समितिले सहमति भएका विषयको मस्यौदा बनाइसके पनि शीर्ष नेता सम्मिलित विशेष समितिले धर्म, मतप्रतिशत सीमा, नागरिकता र प्रदेशको सीमाका सम्बन्धमा देखिएको विवादमा निर्णय दिन नसक्दा बैठक...
सभासद् सिंहलाई कारबाही गर्न माग

सभासद् सिंहलाई कारबाही गर्न माग

काठमाडौं, १ भदौ । सुदूरपश्चिमाञ्चल क्षेत्रका तीन सभासद्सहित नेपाली काँग्रेस र नेकपा(एमाले)का नेता तथा कार्यकर्ताले राष्ट्रिय अखण्डता सार्वभौमसत्ता र क्षेत्रीय एकता र सद्भावविरुद्ध अभिव्यक्ति दिने सभासद्लाई कारबाही गर्न माग गरेका छन् । नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले केही दिनअघि थारु सङ्घर्ष समितिले आयोजना गरेको कार्यक्रममा क्षेत्रीय एकता र सद्भावलाई...