राजनिति

प्रचण्ड र माधव नेपालले एक-अर्कालाई लड्डु खुवाएर साटे खुशी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशप्रति खुशी साटासाट गरेका छन् । चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न भरतपुर पुगेका अध्यक्षद्वय प्रचण्ड र नेपालले सर्वोच्चको फैसला आए लगत्तै एक-अर्कालई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन् ।...

बिस्तृत
राजनीतिमा ब्राह्मणवाद हावी : अमरेशकुमार

राजनीतिमा ब्राह्मणवाद हावी : अमरेशकुमार

काठमाडौं, १६ साउन । संविधानको प्रारम्भिक मस्यौदाले मधेसी समुदायको हक–हीतलाइ समेट्न नसकेको बुद्धिजीवीहरुले बताएका छन् । राष्ट्रिय वैश्य युवा महासंघद्धारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मधेसी समुदायका राजनीतिज्ञ तथा बुद्धिजीवीहरुले नयाँ बन्ने संविधानमा मधेसी समुदायका माग सम्बोधन गर्न एकजुट हुनुपर्ने औंल्याएका हुन् । मधेससम्बद्ध नेताहरु व्यक्तिगत स्वार्थ त्यागेर एकजुट नभएसम्म...
विवादित विषयमा भोलि आइतबार सहमति जुटाइने

विवादित विषयमा भोलि आइतबार सहमति जुटाइने

काठमाडौँ, १६ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार अपराह्न चार बजेसम्म संविधान निर्माणमा देखिएका विवादित विषयलाई टुङ्गो लगाएर एकीकृत मस्यौदा तयार पार्ने भएको छ । समितिको आजको बैठकले विवादित विषयमा प्रमुख चार दलका शीर्षनेता सम्मिलित विशेष समितिको बैठक जारी रहेको र सहमतिको प्रयास जारी रहेका कारण...
कांग्रेसको महाधिवेशन फेरि स-यो

कांग्रेसको महाधिवेशन फेरि स-यो

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसको महाधिवेशन तेस्रो पटक सरेको छ । यसपटक क्षेत्र र जिल्लाको अधिवेशन मिति सरेको हो । शनिबार बिहान सम्पन्न केन्द्रीय समितिको आकस्मिक बैठकले जिल्ला र क्षेत्रको अधिवेशन मिति सारेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले स्थानीय तहको...
मस्यौदाका मूलभूत विषय नचलाइने

मस्यौदाका मूलभूत विषय नचलाइने

काठमाडौं, १६ साउन । नयाँ संविधानको मस्यौदामाथि लाखौं जनताले सुझाव दिए पनि दलहरू मूलभूत विषय नचलाई सहायक विषयमा मात्र जनताका सुझावलाई समेट्ने तयारीमा जुटेका छन् । संवाद समितिअन्तर्गतको विशेष समिति र त्यसअन्तर्गतको कार्यदलले जनताका सुझावको शुक्रबार एकसरो अध्ययन गरेर मूलभूत मुद्दा नचलाउने मोटामोटी सहमति जनाएको हो। संवाद समिति सभापति...
भारतीय राष्ट्रपति मुखर्जीसँग नेता देउवाको भेट

भारतीय राष्ट्रपति मुखर्जीसँग नेता देउवाको भेट

काठमाडौँ, १५ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा अपराह्न १ः०० बजे राष्ट्रपति मुखर्जी र नेता देउवाबीच शिष्टाचार भेट भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजनीतिक मिनिस्टर काउन्सिलर तीर्थ वाग्लेले राससलाई जानकारी दिनुभयो...
धर्मनिरपेक्षताबारे दिल्लीको चासो

धर्मनिरपेक्षताबारे दिल्लीको चासो

काठमाडौं, १५ साउन । छिमेकी भारतले नेपालको नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्नेबारे भइरहेको बहसप्रति चासो देखाएको छ । भारतको पाँचदिने भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुषमा स्वराजले उक्त चासो देखाएकी हुन्। ३० मिनेट चलेको भेटमा स्वराजले नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्ने भन्ने...
अधिवेशन सर्ने हल्लासँगै कांग्रेसमा विवाद

अधिवेशन सर्ने हल्लासँगै कांग्रेसमा विवाद

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसको महाधिवेशन तयारी सेलाउन थालेको छ । असोज २ गते १३ औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहे पनि आन्तरिक तयारी सुस्त रहेका कारण महाधिवेशन प्रभावित हुने सम्भावना देखिएको छ । वर्षा, पहिरो तथा संविधान निर्माणमा देखिएको चटारोका कारण भदौ १ गते हुनुपर्ने गाउँ तथा...
शीर्ष नेता सम्मिलित विशेष समिति गठन

शीर्ष नेता सम्मिलित विशेष समिति गठन

काठमाडौँ, १४ साउन । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि जनताले दिएको सुझावलाई व्यवस्थित रुपमा सूत्रबद्ध गर्न प्रमुख चार राजनीतिक दलका नेता सहभागी रहनुभएको विशेष समिति गठन गरिएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकले प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का...
संविधान जारी गरेर देखाउन दलहरुलाई वैद्यको चुनौती

संविधान जारी गरेर देखाउन दलहरुलाई वैद्यको चुनौती

काठमाडौं, १४ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ‘आफूहरुलाई संविधानसभा बाहिर राखेर जबर्जस्ती संविधान जारी गरिए सशक्त आन्दोलन थाल्ने’ चेतावनी दिएका छन् । साहित्यकार सुरेन्द्र महर्जनको बारेमा तयार पारिएको ‘कौशिकी’ नामक कृतिको विहीबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष वैद्यले ‘विगतमा संविधानसभाका लागि भनेर १० वर्ष सशस्त्र युद्ध लडेको पार्टीलाई बाहिर...
जनताका सुझाव संवाद समितिमा

जनताका सुझाव संवाद समितिमा

काठमाडौं, १४ साउन । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा संविधानको पहिलो मस्यौदामाथि नागरिकले दिएका राय सुझाव र प्रतिक्रियासम्बन्धी प्रतिवेदनमाथिको छलफल सुरु भएको छ । संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका सुझाव र असहमत पक्षलाई कसरी समेट्ने भन्ने विषयमा नेताहरूले उपसमिति गठन गरी तोकिएको समयमा प्रतिवेदन तयार गर्न जोड दिएका...