राजनिति

नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय...

बिस्तृत
असोज ३ र ४ गते बिदा

असोज ३ र ४ गते बिदा

काठमाडौं, भदौ ३१ । संविधानसभाले नयाँ संविधान घोषणाको अवसरमा दुई दिन बिदा दिन प्रस्ताव गरेको छ । संविधानसभाले असोज ३ र ४ गते सार्वजनिक विदा दिन सरकार समक्ष प्रस्ताव गरेको हो । संविधानसभाले गरेको प्रस्तावमाथि मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्न भने बाँकी नै छ । संविधानसभाले नयाँ संविधान दुर्इ तिहाइले...
संविधानका सबै धारामा मतदान प्रक्रिया सम्पन्न

संविधानका सबै धारामा मतदान प्रक्रिया सम्पन्न

काठमाडौँ, ३० भदौ । संविधानसभाले ‘नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक’ मा समावेश ३०२ धारामाथि मतदान प्रक्रिया सम्पन्न गरेको छ । संविधानसभामा विगत चार दिनदेखि जारी मतदान प्रक्रियामा विधेयकमा उल्लिखित धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अङ्ग बनोस् भनी निर्णयार्थ पेस गर्ने क्रम अन्तिम चरणमा पुगेको छ...
असोज ३ मा दिपावली गर्न कांग्रेस एमालेको आह्वान

असोज ३ मा दिपावली गर्न कांग्रेस एमालेको आह्वान

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान जारी हुने दिन असोज ३ गते घरघरमा दीपावली गरी विजयोत्सव मनाउन आह्वान गरेका छन् । कांग्रेस र एमालेले बुधबार विज्ञप्ति जारी गरी संविधानले जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको भन्दै दीपावलीका लागि आह्वान गरेका हुन् । कांग्रेसले निकालेको विज्ञप्तिमा ‘यो...
प्रहरीको गोली लागेर चारजना मारिए

प्रहरीको गोली लागेर चारजना मारिए

भैरहवा, ३० भदौ । रुपन्देहीको भैरहवा-लुम्विनी सडकखण्डको वेथरीमा प्रर्दशनकारी र सुरक्षाकर्मीवीच झडप हुँदा ४ वर्षीय वालकसहित ४ जनाको मृत्यु भएको छ । झडपमा प्रहरीको गोली लागी स्थानीय ४ वर्षीय बालक चन्दन कुमार पटेल, गोनहा गाविस–६ का ४५ वर्षीय विनोद लाकौल, मर्चवार वढेरीया निवासी वर्ष १३ की रञ्जना सिंह क्षेत्री,...
राष्ट्रपति र सभाध्यक्षबीचको सम्बन्धमा तिक्ता

राष्ट्रपति र सभाध्यक्षबीचको सम्बन्धमा तिक्ता

काठमाडौं, ३० भदौ । संविधान जारी गर्ने तिथि राष्ट्रपति डा. रामवरण यादवसँग परामर्शबिना एकतर्फी रूपमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्वजनिक गरेपछि यादव र नेम्वाङबीच ‘इगो’ को लडाइँ छरपस्ट भएको छ। मंगलबार राष्ट्रपति यादवलाई संविधान जारी हुने समारोहमा उपस्थितिका लागि निम्त्याउन शीतलनिवास पुगेका सभाध्यक्ष नेम्वाङले राष्ट्रपतिको अप्रसन्नताको स्पष्ट झलक पाए जब...
नयाँ संविधान राष्ट्रपतिद्वारा घोषणा हुने

नयाँ संविधान राष्ट्रपतिद्वारा घोषणा हुने

काठमाडौँ, २९ भदौ । ‘नेपालको संविधान, २०७२को परिमार्जित विधेयक’ माथिको दफावार छलफल बिहीबारसम्ममा सम्पन्न भएसँगै संविधान लेखनका अन्य चरण पूरा गरी आगामी असोज ३ गते नयाँ संविधान घोषणा हुने कार्यक्रम तय भएको छ । निर्माणको अन्तिम चरणमा रहेको संविधानमा सबै सभासद्को हस्ताक्षरपछि सभाध्यक्षले प्रमाणीकरण गर्ने र असोज ३ गते...
भैरहवामा झडप, ४ वर्षीय बालकको मृत्यु

भैरहवामा झडप, ४ वर्षीय बालकको मृत्यु

भैरहवा, २९ भदौ । भैरहवामा लुम्बिनी औद्योगिक करिडोरबाट निस्किएका मालबाहक ट्रकहरुमा स्थानीय प्रदर्शनकारीहरुले आगजनी गरेपछि उत्पन्न झडपमा प्रहरीले चलाएको गोली लागेर मंगलबार एक चार वर्षीय बालकको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् । मृत्यु हुने बालक रुपन्देही गोनाहा–४ का ४ वर्षीय बालक चन्दन पटेल...
परिमार्जित विधेयकका धाराहरु पारित

परिमार्जित विधेयकका धाराहरु पारित

काठमाडौँ, २९ भदौ । संविधानसभाको आजको बैठकमा नेपालको संविधानको परिमार्जित विधेयकका धाराहरु पारित गर्ने क्रम जारी रहेको छ । यस क्रममा विधेयकको धारा ५८, ५९ , ६०, ६१, ६२, ६३, ६४ र ६५ लाई बैठकले बहुमतले पारित गरेको छ । विधेयकको धारा ५८ मा अवशिष्ट अधिकार, ५९ मा आर्थिक...
बम विष्फोटबाट तीन प्रहरी घाइते

बम विष्फोटबाट तीन प्रहरी घाइते

भद्रपुर, २९ भदौ । झापाको तीन बेग्लाबेग्लै स्थानमा राखिएको तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार बम गौरादहको चर्च, दमकको चर्च र सुरुङ्गाको चर्चमा राखिएको थियो । गौरादहको बम अहिलेसम्म निष्क्रिय नभएको प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । दमकको...
राष्ट्रपति यादवसँग प्रधानमन्त्री कोइरालाको भेट

राष्ट्रपति यादवसँग प्रधानमन्त्री कोइरालाको भेट

काठमाडौँ, २९ भदौ । राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले आज भेटवार्ता गर्नुभएको छ । संविधानसभाबाट संविधान जारी हुने दिन नजिकिँदै गर्दा राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान लेखनमा अहिलेसम्म भएका प्रगति र जारी संविधान लेखन...