राजनिति

प्रचण्ड र माधव नेपालले एक-अर्कालाई लड्डु खुवाएर साटे खुशी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशप्रति खुशी साटासाट गरेका छन् । चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न भरतपुर पुगेका अध्यक्षद्वय प्रचण्ड र नेपालले सर्वोच्चको फैसला आए लगत्तै एक-अर्कालई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन् ।...

बिस्तृत
‘आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा’

‘आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा’

हंगेरी, ५ असोज । हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा परेको बताएका छन् । उनले युरोपियन देशहरुलाई गम्भीर हुनसमेत अपील गरे । चेक गणतन्त्रको राजधानी प्रागमा हुने युरोपेली मुलकहरुको बिदेशमन्त्रीस्तरीय बैठक अघि बोल्दै ओरबानले आप्रबासीले सीमा तोड्न गरिरहेको प्रयासले राम्रो परिणाम नदिने चेतावनी दिए । आफ्नो...
आज दशरथ रंगशालामा एमालेको चियापान

आज दशरथ रंगशालामा एमालेको चियापान

काठमाडौं, ५ असोज । नयाँ संविधान जारी भएको अवसरमा नेकपा एमालेले सोमबार राजधानीमा चियापान कार्यक्रम गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान कार्यक्रम गर्ने एमालेले जनाएको छ । १ बजेदेखि ३ बजेसम्म सर्वसाधारणका लागि र ३ बजेदेखि ५ बजेसम्म दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई...
संविधानमा जनताका अधिकार ऐनाजस्तै : अध्यक्ष ओली

संविधानमा जनताका अधिकार ऐनाजस्तै : अध्यक्ष ओली

काठमाडौँ, ४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनताका हक अधिकार ऐनाजस्तै छर्लङ्ग भएको बताउनुभएको छ । नेपालको संविधान, २०७२ कोे स्वागतमा आज टुँडिखेलमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले मुलुकलाई आधुनिक र विकसित बनाउने मार्ग प्रशस्त गरेको तथा राष्ट्रिय एकतालाई विशेष...
राष्ट्रपति जलपानमा सरिक

राष्ट्रपति जलपानमा सरिक

काठमाडौँ, ४ असोज । नेपालको संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति डा रामवरण यादव सरिक हुनुभयो । सिंहदरबारस्थित ग्यालरी बैठक प्राङ्गणमा आयोजित चियापान समारोहमा सभामुख, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख, मुख्य सचिव, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सांसदको...
नयाँ संविधान आएकोमा प्रवासी नेपालीमा खुशीयाली

नयाँ संविधान आएकोमा प्रवासी नेपालीमा खुशीयाली

काठमाडौं,  ४  असोज । प्रवासी नेपालीहरुले पनि नयाँ संविधान जारी भएकोमा खुशी प्रकट गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष शेष घलेले नयाँ संविधानबाट आफू आशावादी भएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली जनता आफैंले लेखेको संविधान जारी गर्ने यो ऐतिहासिक अवसरमा म...
तराईमा कतै कर्फ्यु, कतै खुशीयाली

तराईमा कतै कर्फ्यु, कतै खुशीयाली

वीरगन्ज, ४ असोज । नयाँ संविधान जारी भएको खुसीयालीमा देशका अधिकांश स्थानमा दीपावली भइरहेको बेला तराईका केही जिल्ला भने लामो समयदेखिको बन्दले आक्रान्त बनेका छन् । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा मधेसी केन्द्रीत दलहरुले गर्दै आएको लगातारको बन्दले तराईका जिल्ला प्रभावित भएका हुन् । बन्दकै क्रममा केही जिल्लामा...
यो संविधान कल्पवृष हो: उपसभापति पौडेल

यो संविधान कल्पवृष हो: उपसभापति पौडेल

काठमाडौं, ४ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै नेपाली जनताले चाहेको संविधान कल्पवृक्षजस्तै भएको बताउनुभएको छ । संविधानसभाबाट संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै उपसभापति पौडेलले भन्नुभयो, “सबै नेपालीका आकाङ्क्षा यो संविधानले पूरा गर्छ । संविधान राष्ट्र उन्नतिको आधारशीला हो । अब नेपाल उठ्छ र अगाडि बढ्छ...
काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

रौतहट, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले गरुडास्थित एमाले पार्टी कार्यालय तोडफोड र आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप पनि भएको थियो । झडपको क्रममा मोर्चाका कार्यकर्ताले हानेको ढुङ्गा लागी...
राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी

राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी

काठमाडौं, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्नुभयो । त्यसअघि संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले...
एमाले चियापानमा चालिस हजारलाई निम्तो

एमाले चियापानमा चालिस हजारलाई निम्तो

काठमाडौँ, ३ असोज । नेकपा (एमाले) ले संविधानसभामार्फत नयाँ संविधान बनेको ऐतिहासिक अवसरमा यही असोज ५ गते आयोजना गर्ने चियापान कार्यक्रममा विशिष्ट व्यक्तिदेखि कार्यकर्तासम्म गरी ४० हजारलाई निम्तो दिएको छ । चियापान कार्यक्रमको तयारीबारे आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ऐतिहासिक अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पार्टीका तर्फबाट...