राजनिति

माघ २३ सम्मका लागि प्रचण्ड नेपाल समूहद्वारा आन्दाेलनकाे घाेषणा

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिवार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमबारे...

बिस्तृत
कांग्रेस जिल्ला कार्यालयमा आगजनी

कांग्रेस जिल्ला कार्यालयमा आगजनी

सुनसरी, १६ भदौ । सुनसरीको सदरमुकाम इनरुवास्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयमा बुधबार अज्ञात समूहले आगजनी गरेको छ । साँझ करिब ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले कार्यालयमा मट्टितेल छर्केर आगो लगाएर भागेको स्थानीयले बताए । आगोलागीपछि घटनास्थल पुगेको प्रहरीले आगो निभाएको थियो । आगलागीबाट कार्यालयमा सामान्य क्षति पुगेको सुनसरी कांग्रेसका...
एमालेले संविधान निर्माणमा अवरोध गर्ने कार्यकर्तालाई कारबाही गर्ने

एमालेले संविधान निर्माणमा अवरोध गर्ने कार्यकर्तालाई कारबाही गर्ने

पाल्पा, १६ भदौ । नेकपा (एमाले) पाल्पाले आफ्ना कार्यकर्ताले संविधान निर्माण कार्यमा अवरोध गरे कारबाही गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) पाल्पा सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका नेता दीपक विश्वकर्माले बताउनुभयो । संविधान जारी हुने दिन नजिकिँदै गर्दा मुलुकका विभिन्न स्थानमा अराजकता उत्पन्न गर्ने, हिंसा फैलाउने, जनताको...
जनजीवन केही सामान्य

जनजीवन केही सामान्य

धनगढी, १६ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको निषेधाज्ञा (कफ्यु)को समय घटाएपछि लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ । निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ । स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा र...
मधेस आन्दोलनको समर्थनमा दिल्लीमा प्रदर्शन

मधेस आन्दोलनको समर्थनमा दिल्लीमा प्रदर्शन

काठमाडौं, १६ भदौ । नेपालको नयाँ संविधानमा मधेसीमाथि भेदभाव गर्न खोजिएको भन्दै भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रस्तावित संविधानको विरोधमा उत्रिएका मधेसीविरुद्ध दमन गर्ने नीति सरकारले लिएको भन्दै उनीहरुले नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेका हुन् । मंगलबार भएको प्रदर्शनमा नेपाली तथा भारतीय विद्यार्थीको सहभागिता रहेको...
काँग्रेस महाधिवेशन स्थगित

काँग्रेस महाधिवेशन स्थगित

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो सम्पन्न बैठकले संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनुपरेको विशेष परिस्थितिका कारण कांग्रेसको गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा संविधानसभा भवन, नयाँ बानेश्वरमा आज...
नेपाली काँग्रेसले संशोधन प्रस्ताव राख्ने

नेपाली काँग्रेसले संशोधन प्रस्ताव राख्ने

काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि पार्टीका तर्फबाट संस्थागत रुपमा मात्र संशोधन प्रस्ताव राख्ने भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा पार्टी सभापति सुशील कोइरालाको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी गराउनुभयो । पार्टीबाट प्रस्तुत...
गोली लागेर वीरगन्जमा ४ र कलैयामा १ को मृत्यु

गोली लागेर वीरगन्जमा ४ र कलैयामा १ को मृत्यु

वीरगन्ज, १५ भदौ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मंगलबार ४ जनाको मृत्यु भएको छ । लक्षमनवायमा कर्फ्यु तोड्दै उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नेक्रममा प्रहरीको गोली लागि दिनानाथ साह र भोला प्रसादको मृत्यु भएको हो । यस्तै, वीरगन्जकै नगुवामा सोहम साह कलवारको मृत्यु...
सप्तरीमा लगातार १८ दिनदेखि बन्द

सप्तरीमा लगातार १८ दिनदेखि बन्द

सप्तरी, १५ भदौ । सप्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण यहाँका जनजीवन अस्तव्यस्त भएको छ । जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक सङ्घसंस्थालगायतको सबै ठप्प रहेको बताइएको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेपछि सामानको मूल्य अकासिएको छ भने बन्दले व्यापार व्यवसायसमेत बन्द रहेको व्यापारी बताउँछन् ।...
कलैयामा विहानै देखि तनाव

कलैयामा विहानै देखि तनाव

बारा, १५ भदौ । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ । कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोक चोकमा बसेर प्रदर्शन सुरु गरेका छन् । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।...
वीरगन्जमा भिडन्त १५ गम्भीर घाइते

वीरगन्जमा भिडन्त १५ गम्भीर घाइते

पर्सा, १५ भदौ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट लगाएको कर्फ्यु मंगलबार(आज) पनि जारी राखेको छ । तर आन्दोलनकारीले कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शन सुरु गरेका...