राजनिति

शाेक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

१४ जना पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने छ ।  बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा...

बिस्तृत
अवरोध हटाउन भारतलाई औपचारिक आग्रह

अवरोध हटाउन भारतलाई औपचारिक आग्रह

काठमाडौं, २३ कार्तिक । सरकारले सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नजिकिँदै गरेका चाडपर्वलाई सहज बनाउन तथा इन्धन, औषधिलगायतका अत्यावश्यक वस्तुको अभाव अन्त्य गर्न सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारतलाई औपचारिकरुपमै आग्रह...
सरकार र मोर्चाबीचको वार्ता स्थगित

सरकार र मोर्चाबीचको वार्ता स्थगित

काठमाडौं, २३ कार्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ । मोर्चाले सरकारले आफ्ना नेता तथा कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरुलाई रिहा नगरी वार्तामा बस्न नसकिने बताएको बुझिएको छ । तराई–मधेसमा देखिएको समस्याका कारण दैनिक जनजीवन प्रभावित भएको र इन्धनलगायत...
पुनःनिर्माण प्राधिकरणमा पुरानै नियुक्ति कायम हुनुपर्ने

पुनःनिर्माण प्राधिकरणमा पुरानै नियुक्ति कायम हुनुपर्ने

काठमाडौं, २३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिमाण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अन्य कार्य र व्यवस्था झै पुरानै नियुक्ति कायम हुनुपर्ने माग गरेको छ । व्यवस्थापिका–संसद्, विधायन समितिमा सो विधेयकसम्बन्धी प्रतिवेदनमाथि आज भएको छलफलमा बोल्ने अधिकांश काँग्रेसका सांसदले प्रतिवेदनमा उल्लेख ‘भूकम्पबाट प्रभावित...
मधेसी मोर्चाद्वारा संसद बैठक अवरुद्ध

मधेसी मोर्चाद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, २२ कार्तिक । अढाई महिना भन्दा लामो समयपछि संसद बैठकमा सहभागी मधेसी मोर्चा सम्वद्ध दलहरुले आज (आइतबार)को संसद बैठक अवरुद्ध गरेका छन् । मधेसका मागहरु सम्बोधन गर्न दबाब दिँदै मोर्चा सम्वद्ध दलका सांसदहरुले आज संसदमा रोष्ट्रम अगाडी उभिएर विरोध जनाएका हुन् । यसअघि मोर्चाको तर्फबाट आफ्नो भनाई राख्दै...
काँग्रेसद्धारा संविधान संशोधन प्रस्ताव सदनमा पेस गर्न माग

काँग्रेसद्धारा संविधान संशोधन प्रस्ताव सदनमा पेस गर्न माग

काठमाडौं, २२ कार्तिक । नेपाली काँग्रेस संसदीय दलले आफ्नो दलको नेतृत्वमा रहेको सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न संसद्मा दर्ता गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई यथाशक्य छिटो सदनमा पेस गर्न सरकारसँग आग्रह गरेको छ । मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्र्दभमा संविधानमा राज्यका विभिन्न संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त, जनसङ्ख्या र भूगोलका...
समितिमा प्राधिकरण विधेयकको प्रतिवेदन प्रस्तुत

समितिमा प्राधिकरण विधेयकको प्रतिवेदन प्रस्तुत

काठमाडौं, २२ कार्तिक । व्यवस्थापिका–संसद्, विधायन समितिमा भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिको आजको बैठकमा दफावार छलफलसम्बन्धी उपसमितिका संयोजक तारिणिदत्त चटौतले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । तीन तहको संरचना रहने उक्त प्राधिकरणसम्बन्धी समितिमा मुलुकका प्रमुख दलहरुबीच सहमति र...
मुलुकभित्रै जुट्छ लगानी

मुलुकभित्रै जुट्छ लगानी

भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने रणनीति अख्तियार गर्ने भएको छ । मुलुकलाई इन्धनका आत्मनिर्भर बनाउन र वैदेशिक व्यापार घाटा कम गर्न जलविद्युत्भन्दा अर्को कुनै उपाय नभएको भन्दै सरकारले ठूला र महत्वपूर्ण आयोजना अगाडि बढाउन लागेको हो । जलाशययुक्त र ठूला आयोजना भएको...
मधेस आन्दोलनबारे संसदलाई जानकारी

मधेस आन्दोलनबारे संसदलाई जानकारी

काठमाडौं, २१ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका–संसद्मा राख्ने भएको छ । तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ । संसद्को आइतबार बस्ने बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु...
सिमा नाकाहरुमा झन कडाई

सिमा नाकाहरुमा झन कडाई

काठमाडौं, २१ कार्तिक । भारतले प्रमुख व्यापारिक नाकाहरुबाट मालबाहक सबारी साधन नेपाल पठाउन झन् कडाई गरेको छ । केही नाकाबाट सिमित परिमाणमा मालबाहक गाडी भित्रिएपनि भारतीय डिपोहरुले कम इन्धन दिनुका साथै नाकामै आइसकेका ट्याङ्करहरुलाई पनि सहज प्रवेश नदिंदा पेट्रोलियम पदार्थको आयात ठप्प भएको हो । पूर्वको कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट शुक्रबार...
प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव

प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव

काठमाडौं, २१ कार्तिक । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आन्तरिक समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । नागरिक अगुवाहरुलाई समेत लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका डाक्टर भट्टराईले मधेसमा देखिएको समस्या आन्तरिक भएकाले त्यसलाई समाधान गरेर भारतले लगाउँदै आएको नाकाबन्दी हटाउन पहल गर्न सुझाव दिएका हुन...