राजनिति

विदेश सचिव श्रीङ्लाले गरे प्रधानमन्त्री ओलीसँग भेट

भारतका विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेको सल्लाहकार सूर्य थापाले जानकारी दिए । बिहीबार नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्तासमेत भएको छ। सीमा विवादका कारण सम्बन्ध चिसिएको अवस्थामा दुई देशका उच्च...

बिस्तृत
सहमति जुटाउन नेताहरुको कसरत जारी

सहमति जुटाउन नेताहरुको कसरत जारी

काठमाडौं, साउन २० । श्रावण मसान्तभित्रै संविधान जारी गर्ने कसरतमा रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बुधबार पनि छलफलमा व्यस्त भएका छन् । बुधबार साँझसम्म विवादित विषयमा सहमति जुटाउने भन्दै नेताहरु अन्तिम कसरतमा लागेका हुन् । प्रमुख दलका शीर्ष र दोस्रो तहका नेताहरु पनि विवादित विषयमा सहमति जुटाउन वार्ता...
एमाओवादीद्वारा आज पनि संसद् बहिष्कार

एमाओवादीद्वारा आज पनि संसद् बहिष्कार

काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा(माओवादी)ले आज दोस्रो दिन पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ । सभामुख सुवास नेम्वाङले ‘विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेबित्तिकै सो दलका प्रभु साहले भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत दिन बजेट केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै आपत्ति...
बजेटमा एमालेले किचलो झिक्यो

बजेटमा एमालेले किचलो झिक्यो

काठमाडौं, १९ साउन । नेकपा(एमाले)ले संयुक्त सरकारको मान्यता विपरीत नेपाली काँग्रेसले चालु आवको बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकले भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुनुपर्ने बजेटलाई सबैको सहमतिमा ल्याउनुपर्नेमा त्यस्तो नभएको भन्दै आपत्ति जनाएको हो । एमालेले सत्तारुढ दलको समर्थनसमेत...
साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन : प्रधानमन्त्री

साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआएमा जनतामा निराशा उत्पन्न हुने जनाउनुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो–“प्रदेशको सीमाङ्कनसहित साउनभित्र संविधान...
मधेसवादी दलहरु बैद्य माओवादीलाई पच्छाउँदै

मधेसवादी दलहरु बैद्य माओवादीलाई पच्छाउँदै

काठमाडौं, १९ साउन । एमाओवादीसँग लामो समयदेखि सहकार्य गर्दै आएका मधेसवादी दलहरु प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिका आधारमा संविधानको मस्यौदा तयार पारिएपछि नयाँ मोर्चाबन्दीमा अग्रसर भएका छन् । १६ बुँदे सहमतिकै कारण माओवादीसँग टाढिएका मधेसवादी दलहरु मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग नजिक हुन थालेका छन् । संघीयतामा...
मेराविरुद्ध दुस्प्रचार गरियो : ओली

मेराविरुद्ध दुस्प्रचार गरियो : ओली

काठमाडौं, १८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्रै संघीयताको सीमांकनको विषय टुंगिने बताएका छन् । गन्तव्य नेपाल नामक पर्यटन पत्रिकाको ११औं वार्षिकोत्सव कार्यक्रमलाई सोमबार राजधानीमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले संघीयताको सीमांकनको विषय टुंग्याउने प्रयास भइरहेको भन्दै यो विषय चाँडै टुंगो लाग्ने बताएका हुन् ।...
एनेकपा माओवादीद्वारा बैठक बहिष्कार

एनेकपा माओवादीद्वारा बैठक बहिष्कार

काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल एनेकपा (माओवादी)ले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । विनियोजन विधेयक २०७२ माथि छलफलका लागि तोकिएको कार्यतालिका अपाङ्ग र अधुरो रहेको आरोप लगाउँदै एनेकपा (माओवादी)का सांसदले बैठक बहिष्कार गरेको घोषणा गरी बाहिरिनुभएको हो । एमाओवादीका सांसद बैठक छाडेर बाहिर गएसँगै सभामुख सुवास...
दुई साताभित्र सबैको मन जित्ने संविधान:मन्त्री बस्नेत

दुई साताभित्र सबैको मन जित्ने संविधान:मन्त्री बस्नेत

भक्तपुर, १८ साउन । उद्योग मन्त्री महेश बस्नेतले आगामी दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने बताउनुभएको छ । शिक्षा मन्त्रालयअन्तर्गतका नेपाल निजामती कर्मचारी सङ्गठन, विभागीय कार्य समितिले आज शैक्षिक जनशक्ति विकास केन्द्रमा आयोजित कार्यक्रममा दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने बताउनुभएको हो । संविधान निर्माण...
सीमाकंनसहितको संविधान जारी हुने

सीमाकंनसहितको संविधान जारी हुने

काठमाडौं, १८ साउन । मुख्य दलहरु जनताको सुझावअनुसार संघीयताको सिमांकनसहितको संविधान जारी गर्न सहमत भएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा सोमबार बसेको संवाद समितिअन्तर्गतको विशेष कार्यदलको बैठकमा सिमांकनसहितको संघीय संविधान जारी गर्ने सहमति भएको हो । बैठकले भोलि बेलुकासम्म सबै विषयमा सहमति जुटाउने गरी छलफल चलाउने निर्णय गरेको छ...
आठ प्रदेश आधारहीन : विज्ञ

आठ प्रदेश आधारहीन : विज्ञ

काठमाडौं, १७ साउन । राज्य पुनर्संरचना सम्बन्धि आयोगका पदाधिकारीहरुले प्रारम्भिक मस्यौदामा आएको ८ प्रदेशको व्यवस्था आधारहीन रहेको बताएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा विघटित आयोगका पूर्व सदस्य कृष्ण हाच्छेथुले प्रदेशको संख्या तोक्नुअघि त्यसको सिद्धान्त तय हुनुपर्ने बताए । उनले सीमांकन विनाको संविधानले संघीयतालाई नै रोक्ने धारणा राखे ।...