राजनिति

शाेक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

१४ जना पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने छ ।  बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा...

बिस्तृत
काठमाडौंमा बन्दको प्रभाव न्यून

काठमाडौंमा बन्दको प्रभाव न्यून

काठमाडौं, १३ मंसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको असर देशको अरु भागमा परेपनि काठमाडौंमा भने खासै परेको छैन । सडकमा सावरी साधनहरु चल्न थालेका छन् । यद्यपि, बन्दकर्ताको त्रासका कारण विद्यालयहरु भने बन्द गरिएका छन् । यसबाट विद्यालय र शैक्षिक संस्थाहरुमा...
१३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

१३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा, १३ मङ्सिर । झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई आज बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का ती हतियारधारी सुरक्षाकर्मीको समूह सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै नेपाली बस्तीमा पसेको प्रत्यक्षदर्शी स्थानीय गाउँलेले बताएका...
हतियारसहित भागेका भगौडा प्रहरी पक्राउ

हतियारसहित भागेका भगौडा प्रहरी पक्राउ

काठमाडौँ, १३ मङ्सिर । स्थानीय सुन्धारामा खटिएको प्रहरी टोलीले आज बिहान सुन्धारा नजिकै भगौडा प्रहरी छोटेलाल ठाकुरमाथि गोली प्रहार गरेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले सुन्धाराको एक गेस्ट हाउसमा बसेका बारा जिल्लाका ठाकुरलाई चिनियाँ पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग थापाले जानकारी दिनुभयो ।...
रगतको अभाव भएपछि आकस्मिक रक्तदान

रगतको अभाव भएपछि आकस्मिक रक्तदान

पोखरा, १२ मङ्सिर । कास्की जिल्लामा रगतको अभाव भएपछि रेडियो अन्नपूर्ण, पोखराले आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । नाकाबन्दीका कारण इन्धनको चरम अभाव भएसँगै नियमितरुपमा हुने रक्तदान कार्यक्रमसमेत प्रभावित भएपछि कास्कीमा रगतको अभाव भएका कारण आकस्मिक रक्तदान आयोजना गरिएको रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले बताउनुभयो...
पार्टी सभापति हुने पालो मेरो हो : पौडेल

पार्टी सभापति हुने पालो मेरो हो : पौडेल

दमौली, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आपूलाई समर्थन गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल तनहुँले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले आफूले लामो समय पार्टीमा रही धेरै...
भारतीय राजदुतलाई फिर्ता पठाउन माग

भारतीय राजदुतलाई फिर्ता पठाउन माग

काठमाडौं, ११ मंसिर । सरकारले अत्यावश्यक बस्तुमा कालोबजारी गर्ने ११९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिएको छ । व्यवस्थापिका–संसद् अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री शक्ति बस्नेतले कालोबजारी गर्ने ११९ जनालाई पक्राउ गरी मुद्दा चलाइरहेको जानकारी दिएका हुन् । समितिले देशको सीमामा भएको अवरोधबाट...
मेरो स्वास्थ्य ठीक छ, अब देशको हुन्छ : सभापति कोइराला

मेरो स्वास्थ्य ठीक छ, अब देशको हुन्छ : सभापति कोइराला

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको समस्या पनि समाधान हुने बताएका छन् । संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई हिजो स्वदेश फर्किएका सभापति कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई लागेको क्यान्सर रोग पूर्णरुपमा निको...
चक्रपथमा विद्यार्थीको मानवसाङ्लो

चक्रपथमा विद्यार्थीको मानवसाङ्लो

काठमाडौँ, ११ मङ्सिर । विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थीसहितको मानवसाङ्लोले घेरी आज प्रदर्शन गरियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार चक्रपथलाई मानवसाङ्लो बनाई विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले घेरेका थिए । बिहान ११ देखि १ बजेसम्म दुई घन्टा मानवसाङ्लोमा बसेको देख्दा...
कांग्रेसले किन गर्‍यो संसद अवरुद्ध ?

कांग्रेसले किन गर्‍यो संसद अवरुद्ध ?

काठमाडौं, १० मंसिर । व्यवस्थापिका–संसदको बैठक मंसिर १५ गतेसम्मका लागि स्थगित भएको छ । विहीबारको बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका थिए । संसदीय परम्परामा सबैभन्दा पहिले प्रमुख प्रतिपक्षी दललाई बोल्न दिनुपर्ने भन्दै कांग्रेस सांसदहरुले...
वैदेशिक रोजगारीमा अख्तियारको चासो

वैदेशिक रोजगारीमा अख्तियारको चासो

काठमाडौं, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीकाक्रममा हुने विभिन्नखाले विकृति र विसंगतिहरुको गम्भीर अध्ययन गरी सुधार गर्न सरकार र सरकार माहतहतका निकायहरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले भोग्नुपरेको समस्याबारे अख्तियारले गरेको अनुसन्धानसहितको सुझाव प्रतिवेदन सरकारका विभिन्न मन्त्रालयहरुलाई दिँदै निर्देशन दिइएको हो । अख्तियारको...