नेपालमा शाहवंशिय राजसंस्था किन ?

नेपाल अनेकतामा एकता, जातिय विविधता, भौगोलिक, अखण्डता, धार्मिक सास्कृतिक, क्षेत्रिय सुरक्षाका खातिर नेपालमा राजसंस्था आवश्यक भएर स्वतन्त्र नागरिक समाजले कुनै पनि बालहट , पुर्वाग्रह नदेखाइ २१ औ शताब्दीको अनुकुल राजा सहितको प्रजातन्त्र एक विकल्प हो भन्ने ठम्याइ हो ।

तपाइहरुको संगठनमा विभिन्न विचारधाराका मानिसहरु देखिन्छन नि ?

हामीले सबै विचारलाइ सम्मान गर्दै जस्तै बामपन्थि विचारधाराबाट पत्रकारिता गरेका वरिष्ठ पत्रकार प्रेम कैदी, वहा भनेको पत्रकार मात्रै होइनन् , वरिष्ठ राजनितिज्ञ पनि हुन । वहा कल्याल शाही राजाका सन्तान र देश तथा बुजेका कर्णालकिा मुद्दा तथा बामपन्थि आन्दोलनका अगुवा हुन तर आफु बामपन्थि विचारधाराका भए पनि राष्ट्यि धरेहरका रुपमा मुलुकलाइ अक्षुण राख्नका लागी देशमा हिन्दु अधिराज्य शाहवंशिय राजसंस्था त्यसको संरक्षक हुनु पर्छ भन्ने हिसाबले लागी रहनु भएको छ । त्यसै गरि तत्कालीन माओवादीबा डा. के. वि. रोकाय पनि नेपाल देशको पहिचान , नेपाली सेना हिन्दु अधिराज्य र शाहवंशिय राजसंस्था आजको आवश्यक्ता भनेर नागरिक आन्दोलनमा सहभागी हुनु भएको छ ।


अहिलेको व्यवस्था संघिय गणतन्त्र उपयुक्त छैनत् ?

हाम्रो जस्तो देशमा संघियताको आवश्यक्ता छैन । हाम्रो जस्तो मुलुकलाइ पुर्ण विकेन्द्रिकरण सहितकोे स्वायत्त अधिकार भए पुग्छ । हाम्रो आर्थिक अवस्था तथा जनसंख्या , भुगोलको हिसाब र क्षेत्रिय सुरक्षाका खातिर पनि संघिय गणतन्त्र उपयुक्त देखिदैन । जुन हिसाबको पांच विकास क्षेत्र त्यसलाइ नै व्यवस्थीत तरिकाबाट कृषि, उद्योग, जल, जमिन, जडिबुटि, शिक्षा , स्वास्थ्य , खानेपानी। सिचाई जस्ता आधारभुत आवश्यकतालाइ सर्वसुलभ बनाउदा देशमा उत्पादनलाइ जोड दिने र जनताले उत्पादन गरेका बस्तुलाइ बजार सम्म राज्यले पुर्याउने तथा बिक्री वितरण गर्ने र किसानहरुप्रती राज्य जवाफदेहि हुने आजको आवश्यकता हो । हामीले हाम्रो धर्म , संस्कृती , रितीरिवाजलाई पनि बचाइ राख्नका लागी पनि आधुनिकता र परमपरालाइ संगसगै लैजादा मात्र देशको पहिचान र उन्नती हुन्छ भन्ने स्वतन्त्र नागरिक समाजको बुझाइ हो ।


क्षेत्रिय सुरक्षा के हो ?

एशियामा अहिलेको उदयमान शक्ति राष्ट् चिन , भारत , लगायतका एशियन मुलुकहरुको पछिल्लो विकासक्रमले २१ औ शताब्दीको युग भनेको विश्वमा एशियाको विकासलाइ बुझिन्छ । जस्तै चिन र भारतको विचमा रहेको नेपालमा स्थिरता , शान्ती सुरक्षा मजबुत बननु पर्ने अवस्था देखिन्छ र देशमा स्थायी शक्ति भनेको नै राजसंस्था थियो । आज त्यो शक्ति नहुदा हामी परराष्ट् नितीमा छिमेकी हरुलाइ सन्तुलन कायम गरेर अघि बढ्नका लागी अहिले असक्षम भएजस्तो देखिन्छ । नेपालको अस्थिरताले दक्षिण एशियामा नै ठुलो असर पारिरहेको हुदा छिमेकीहरुको सन्तुलनका लागी पनि हिन्दु अधिराज्य नेपालको पहिचान र स्थिरताको लागी शाहवंशिय राजसंस्था पुनः स्थापना हुन आवश्यक छ ।