स्मरण शक्ति कसरी बढाउने ! पढ्नुहोस् स्मरण शक्ति बढाउन के गर्ने ?

मानिसको उमेर बढ्दै जाँदा स्मरण शक्ति बिस्तारै कमजोर बन्दै जान्छ । विकासक्रमको अनुसार व्यक्तिको उमेर ढल्दै जाँदा खासगरी वृद्ध अवस्थामा स्मरण शक्तिमा ह्रास हुनु स्वाभाविक हो । मानिसको सम्पूर्ण ज्ञान, सीप, विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरण शक्तिमा निर्भर रहन्छ ।

स्मरण शक्तिविना मानिसको सम्पूर्ण अनुभव निरर्थक हुन्छ । विभिन्न मनोवैज्ञानिकहरूका अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको इच्छा, चाहना तथा रुचिसँग रहेको हुन्छ । एकाग्रतामा कमी भएपछि व्यक्ति कुनै पनि क्रियाकलापहरू जस्तै पढ्न, लेख्न, कुनै नौलो कुरा सिक्न, हिसाब गर्न, राम्ररी सक्दैनन् ।

बिर्सिने रोग

स्मृतिका तीन क्रियाहरू हुन्छन्– अङ्कन (एन्कोडिङ), धारणा (रिटेन्सन) तथा पुनःस्मरण (रिकल)मा कुनै त्रुटि भएमा स्मरण शक्ति कमजोर हुन्छ । स्मृतिलोपलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।

(१) सामान्य विस्मृति : उमेर ढल्कँदै गएमा मानिसको स्मरण शक्ति पनि केही मात्रामा घट्दै जान्छ । यसले मानिसको दैनिक जीवनमा खासै असर गर्दैन ।
(२) बिर्सने रोग (एम्नेसिया) : यस्तो रोग लागेको व्यक्तिले आफ्नो नाम, ठेगाना, बार, गाउँ आदिजस्ता कुराहरू बिर्सन सक्छ ।

बिर्सिने रोगका लक्षण

यस रोगको लक्षणमा कसैको नाम ठेगाना बिर्सिनु । केही दिनअगाडि भए–गरेका कुराहरू बिर्सिनु । पढेका, देखेका, सुनेका कुराहरू याद नआउनु । कुनै ठाउँमा सामान राखेर बिर्सिनु । नयाँ कुराहरू जस्तै : भाषा, सङ्गीत, गायन, नृत्य, अभिनय कला आदि सिक्न गाह्रो हुनु । पढेर याद राख्ने इच्छा नहुनु । कुनै पनि कुरा एकपटक भन्दा नबुझ्नु, अरुचि, आलस्य, चिडचिडापन, निराशाको भाव, घबराहट आदि हुन्छ ।

बिर्सने कारण

प्रख्यात मेमोरी विज्ञ एवम् अनुसन्धानकर्ता मनोविद् डा. एलिजावेथ लोफ्टसका अनुसार बिर्सनुका चारवटा मुख्य कारण हुन्छन् । उहाँले उल्लेख गरेअनुसार –

(१) स्मृति पुनःप्राप्तिमा असफलता

के तपाईंले कहिल्यै यस्तो महसुस गर्नुभएको छ कि केही जानकारी तपाईंको सम्झनाबाट हराइसकेको छ रु वा हुन सक्छ, तपाईंलाई थाहा छ, यो त्यहाँ छ । तर, तपाईले यो फेला पार्न सक्नुहुन्न ।

एक स्मृति पुनः प्राप्त गर्न असमर्थता बिर्सनुको सबैभन्दा साधारण कारणहरूमध्ये एक हो । यस सिद्धान्तका अनुसार, प्रत्येकचोटि नयाँ सिद्धान्त गठन हुँदा मेमोरी ट्रेस सिर्जना हुन्छ । क्षय सिद्धान्तले सुझाव दिन्छ कि समयको साथ, यी मेमोरी ट्रेसहरू फिका र हराउन थाल्छन् । यदि जानकारी पुनः प्राप्त र पूर्वाभ्यास गरिएको छैन भने यो अन्ततः हराउनेछ ।

(२) हस्तक्षेप

अर्को सिद्धान्त हस्तक्षेप सिद्धान्त हो । केही सम्झनाहरू प्रतिस्पर्धा र अन्य सम्झनाहरूसँग हस्तक्षेप । जब जानकारी अन्य जानकारीसँग धेरै मिल्दोजुल्दो छ, जुन पहिले मेमोरीमा भण्डार गरिएको थियो, हस्तक्षेप हुने बढी सम्भावना हुन्छ ।

दुईवटा आधारभूत प्रकारका हस्तक्षेपहरू हुन सक्छन् । पूर्व अधिग्रहण हस्तक्षेप तब हुन्छ, जब नयाँ अधिग्रहीत जानकारी पुरानो सम्झनामा हस्तक्षेप गर्छ ।सक्रिय हस्तक्षेप तब हुन्छ, जब पुरानो जानिएको जानकारीले नयाँ यादहरू बनाउन कठिन बनाउँछ ।

(३) भण्डारण गर्न असफल

एन्कोडिङ विफलताले कहिलेकाहीँ सूचना लामो अवधि मेमोरीमा प्रवेश गर्नबाट रोक्छ । कहिलेकाहीँ, सूचना गुमाउनु भनेको बिर्सनुको साथै कम र अधिक गर्न यो तथ्य हुन्छ कि यसले यसलाई कहिल्यै लामो अवधिक मेमोरीमा पहिलो स्थानमा बनाउँदैन ।

(४) बिर्सन प्रेरित भएर बिर्सने

कहिलेकाहीँ हामी सक्रिय रूपमा सम्झनाहरू बिर्सने गर्छौं । विशेषगरी ती दुःखद वा कष्टदायी घटनाहरू वा अनुभवहरू, पीडादायी सम्झनाहरू निराश र चिन्ताजनक हुन सक्छ । त्यसैले कहिलेकाहीँ हामी यसलाई मेटाउन चाहन्छौँ ।

स्मरण शक्ति बढाउन के गर्ने ?

तपाईंको पूर्ण बौद्धिक क्षमतामा पुग्न र मस्तिष्कको स्वास्थ्य सुधार गर्न निम्नतरिका अपनाउन सकिन्छ ।

(१) खानपानमा ध्यान दिने

दैनिक शरीरलाई आवश्यक पर्ने पर्याप्त पानी पिउने । खानेकुरामा कार्बोहाइड्रेटयुक्त खानाको अभावले दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नुका साथै स्मरणशक्ति र श्रवण शक्तिमा पनि नकारात्मक असर पु¥याउँछ । जङ्क फुड अधिक मात्रामा खाँदा, फ्राई खानेकुरा खाँदा, बढी चिल्लो खाँदा, चुइङ्गमले पनि हाम्रो श्रवणशक्ति र स्मरण शक्तिमा ह्रास ल्याउने गर्छ । नुनले हृदयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरण शक्तिलाई असर गर्छ ।

चिनीको प्रयोग बढी गर्नाले पनि स्मरण शक्ति, सिक्ने क्षमता र श्रवण शक्तिमा ह्रास आउने गर्छ । चिया, कफी तथा धूमपानबाट टाढा नै बस्नु राम्रो । नशालु पदार्थ नखाने र मद्यपान नगर्ने । सन्तुलित पौष्टिक खाना नियमित समयमा खाने । मौसमअनुसारको फलफूल तथा तरकारीहरू खाने । अण्डा, माछा, दूध, दही, मही, चीज, मख्खन खाने । खानपानमा ध्यान दिन नसक्दा स्मरणशक्ति घट्दै जान्छ भनेपछि गएर विभिन्नप्रकारका मनोविकारहरू जस्तै, अल्जाइमर, डिमेन्सिया, डिप्रेसन र एन्जाइटीसमेतको जोखिम बढाउन सक्छ ।

(२) नियमित शारीरिक व्यायाम

नियमित व्यायाम गरेर वा घरका विभिन्न कामहरू गरेर स्मरण शक्तिलाई यथावत् राख्न सकिन्छ । स्वास्थ्यमा सुधार ल्याउन तथा दिमागमा रक्षात्मक प्रभाव सिर्जनाका लागि शारीरिक व्यायाम नै सबैभन्दा राम्रो र सजिलो उपाय हो । दैनिक शारीरिक व्यायामअन्तर्गत प्रातः भ्रमण, साइक्लिङ, पौडी खेल्नेलगायतका शरीर चल्ने व्यायामलाई लिइएको छ । आफ्नो समयअनुसार बिहान बेलुकी घुम्ने । शारीरिक सक्रियताले स्मरण शक्तिमा कमी आउन नदिन विशेष भूमिका खेल्छ साथै योगाभ्यास मेडिटेसन ९ध्यान० अनुलोम बिलोम, कपालभाँती गर्दा पनि सहयोग मिल्छ ।

(३) सकारात्मक सोच

सकारात्मक सोच राख्ने र नकारात्मक संवेगलाई आफूमा हाबी हुन नदिने । याद राख्ने कुरामा गहिरो रुचि लिएर एकाग्रता भएर पूरै मन लगाएर याद गर्ने । एकपटकमा एउटा कुरा याद गर्न प्रयास नगर्ने, कुनै कुरालाई क्रमअनुसार याद गर्ने । त्यसलाई प्रत्येक २४ घन्टामा फेरि दोहो¥याउने । स्मरण शक्तिको विषयलाई लिएर सधै चिन्तित नहुने साथै रेडियो, टेलिभिजन एवम् पत्रपत्रिकाका ‘मेमोरी पावर’ बढाउने औषधि विज्ञापनको भर नपर्ने ।

(४) पर्याप्त निद्रा

व्यक्तिले मानसिक रूपमा स्वस्थ एवम् फुर्ती अनुभव गर्न दिनमा कम्तीमा ७ देखि ८ घन्टा सुत्ने गर्नु राम्रो मानिन्छ । अपर्याप्त निद्राले मन अस्थिर हुन्छ । दैनिक गतिविधिमा असर गर्छ । स्मरण शक्ति विकासका लागि राति अबेरसम्म जागेर नपढ्ने, राम्रोसँग निद्रा नपर्नुका धेरै कारण हुन सक्छन् जस्तै : मनमा पीर चिन्ता पर्नु, केही कुराको डरले सताउनु, कार्यालयमा तनाव वा धेरै कामको बोझ हुनु, अपर्याप्त निद्रा र थकानको कमी आदि । कहिलेकाहीँ निद्रा नपर्नुमा प्राकृतिक प्रकोप तथा मानवसिर्जित दुर्घटना, विनाश वा नजिकका व्यक्तिको मृत्यु पनि हुन सक्छ । पर्याप्त नसुत्दा रोग प्रतिरोधात्मक क्षमता घट्छ । डिप्रेसन, डायबिटिज, मुटुसम्बन्धी रोग, डिमेन्सिया निम्त्याउँछ ।

गुणस्तरीय निद्राले व्यक्तिहरू, विद्यार्र्थी र धावकको प्रस्तुतिलाई सकारात्मक प्रभाव पार्छ । पर्याप्त गुणस्तरीय निद्राले दिमाग फुर्तिलो बनाउँछ, ऊर्जामा तीव्रता दिन्छ, स्मरण शक्ति बढाउँछ । पर्याप्त निद्राले रोग प्रतिरोधी क्षमता बढाउँछ । स्वस्थ सेल डिभिजनलाई प्रोत्साहन गर्छ । शारीरिक शक्ति वृद्धि गर्छ । दिमागको कार्यमा सुधार ल्याउँछ । हर्मोन प्रणालीले राम्रो काम गर्छ । तनाव हटाउँछ र नकारात्मक आवेग घटाउँछ ।

(५) ध्यान

ध्यानको अभ्यासले हाम्रो शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्छ । पछिल्ला वर्षमा मनोवैज्ञानिक मानसिकता र मध्यस्थतावरिपरिको केही पुरानो ज्ञानमा बढी चासो देखाएका छन् । ध्यान गर्ने तरिकाहरू व्यापक रूपमा भिन्न हुन्छन् तर ती सबैमा स्मृतिमा सकारात्मक प्रभाव पर्छ ।

(६) सानै उमेरदेखि मानसिक गतिविधिको उच्चस्तर राख्नुहोस्

अभिभावकले आफ्ना बच्चाहरू प्रायः दिनमा आफैँ पढाउँछन् । ती बच्चाहरूको उच्च आईक्यू हुन्छ । चार वर्षको उमेर वा त्यसभन्दा कम उमेरदेखि मानसिक गतिविधिको उच्चस्तरको प्रयोग केही वर्षसम्म गरेर तपाईं आफ्नो बच्चाको बुद्धिमत्ता (आईक्यू) चार पोइन्टले बढाउन सक्नुहुन्छ । तपाईंको बच्चासँग जति धेरै कुराकानी हुन्छ, त्यति नै उनीहरू बुद्धिमानी हुन्छन् । साधारण खेलहरूले वस्तुको नामकरण र सानो पजलहरू सँगै समाहित गर्ने, सामाजिक र शैक्षिक विषय बनाएर, बच्चाको बुद्धिमा सुधार गर्दछ । बच्चासँग कुरा गर्दा तिनीहरूको शब्दावली बढ्छ । यो उनीहरूको सामान्य बुद्धि स्तरका लागि महŒवपूर्ण हुन्छ ।

न्युरोसाइजिस्टद्वारा लामो समयदेखि गरेको अध्ययनले रमाइलो गतिविधि जस्तै : शब्दकोश, सुडोकु, चेसले व्यक्तिको संज्ञानात्मक क्षमताको सुधार गर्न मद्दत गर्छ ।

(७) शिक्षा विस्तार गर्नुहोस्

आफैँले पहिले बेवास्ता गर्दै आएका जटिल कार्यहरू जस्तै : अप्ठ्यारो पाठ्यक्रम, दोस्रो भाषा सिक्नु, असजिलो किताब पढ्ने ती सबै समस्या समाधानको सक्रियताका साथ हरेक दिन सिक्ने र बच्चालाई पनि समान काम गर्न सिकाउने । धेरै देशमा जोखिममा रहेका बच्चालाई गहन प्रारम्भिक शिक्षा प्रदान गर्न शीघ्र हस्तक्षेप कार्यक्रमले केही हदसम्म शैक्षिक उपलब्धि गरिरहेको देखिन्छ । तर, वास्तवमा बच्चाको सामान्य बौद्धिक क्षमता सुधार गरेको देखाइएको छैन । यी कार्यक्रमले बच्चाका लागि एक राम्रो उत्तेजक वातावरण प्रदान गर्छ । उनीहरूको शैक्षिक अनुभव तीव्र बनाउँछ ।

(८) धूमपान छाड्नुहोस्

धूमपान नगर्नु तपाईंको दिमागको स्वास्थ्यलाई सुधार गर्न सक्ने एउटा पहिलो कदम हो ।

(९) राम्रो सम्बन्ध स्थापित गर्नु

स्मृतिको एउटा विशेष प्रकार जुन हामीले सबै प्रकारको सम्बन्धमा अभ्यास गर्छौं, जुन ट्रान्सेक्टिभ मेमोरी भनेर चिनिन्छ । यो अवधारणा पहिलोपटक मनोवैज्ञानिक डानियल वेग्नरले १९८५ मा विकसित गरेका थिए ।

लेखक मनोविद् हुनुहुन्छ