एनआरएनएलाई सबै देशमा रहेका नेपालीहरुको साझा र स्वामित्वको सुदृढ संस्था बनाउन मेरो उम्मेदवारी : हिकमत थापा

काठमाण्डौं – तिमी कर्म गर्दै जाऊ फलको आशा नगर, आफ्नो आदी उमेर गैर आवासीय नेपाली र नेपालको विकासमा पूर्ण जिम्मेवारीका साथ लागि परिरहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का बर्तमान कोषाध्यक्ष हुनुहुन्छ हिक्मत थापा। नाईजेरियाको प्रतिष्ठित ब्यवसायिक ग्रूप डाङ्गोटे ग्रूपको उच्च नेतृत्वमा समेत रहनुभएका थापाले एनआरएनए को आसन्न केन्द्रिय चुनावको लागि नाईजेरियाबाटै उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता समेत गराऊनुभएको छ ।

साहित्य लेखन तथा समाजसेवामा समेत उत्तिकै रुचि राख्नुहुने थापाले नाईजेरिया आसपासको सामुदायिक परिवेशलाई समेटेर चिवोकका केटिहरु नामक साहित्यिक किताब समेत बजारमा ल्याऊनुभएको छ । बोलीमा बिनम्रता तथा सहयोगी स्वाभावका थापासंग एनआरएनए को वर्तमान स्थिती, आगामी कार्यदिशा तथा एनआरएनएले नेपालको अर्थतन्त्रमा पुर्याऊनसक्ने सम्भाव्यताका विषयवस्तुहरुमाथी छलफल गरेका छौं ।

सन २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरि सस्थापक अध्यक्ष बनेका थापा , सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष , सन २०११९ २०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५९२०१९ दुई कार्यकाल अन्तरास्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दैछन । नेपालीहरु भर्खरै पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको छ । नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौं नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भुमिका खेल्दै आएका छन ।

अफ्रिकामा कम संख्यामा एनआरएन सदस्यहरु रहे पनि भुकम्प र अन्य दैबी प्रकोपमा उल्लेख रुपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुटेने गरेको छ । त्यस्तै विभिन्न जिल्लाहरुमा एनआरएनएको नेपाल परियोजना मार्फत अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन । गत भुकम्प पछि आफू कार्यरत सस्थाबाट भुकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकार लाई हस्तान्तरण गरेका थिए ।

बिगत दुई कार्यकाल कोषाध्यक्ष रहदा पहिलो कार्यकाल मुलत एनआरएन भवन र भुकम्प राहतको कोष सन्कलन , नाकाबन्दीको राहात र बाढी, हुरी पीडित राहात संकलनको ब्यबस्थापन गरेका थापाको दोश्रो कार्यकाल मुलत लाप्राक बस्ती, भवन र शन्खमुल गार्डेन निर्माणमा केन्द्रित रहे । एनआरएनएलाई संसार भरी रहेका सबै पेशा, ब्याबसाय र भुगोलमा रहेका प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनु हुन्छ ।

उपाध्यक्षमा निर्बाचित भए पछि सस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने, बिशेषत खाडी, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरुको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्बाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउन्छन ।

समाजसेवा र साहित्य आफ्नो रुचीको विषय रहेको बताउने थापाको मुलघर कैलालीको टिकापुर हो भने उनी बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आईरहेका छन ।प्रस्तुत छ, एनआरएनएको उपाध्यक्ष पदका उम्मेदवार थापासंग गरिएको कुराकानीको सार संक्षेप ।

 एनआरएनए जस्तो विश्वभर संजाल भएको यौटा ठूलो संस्थाको उपाध्यक्षजस्तो गरिमामय पदमा उम्मेदवारी दिनुभएको छ, त्यसको लागि अग्रिम बधाई तथा शुभकामना छ। एनआरएनएमा कहिले देखि लाग्नु भयो र किन ?

सर्वप्रथम यहाँ लगायत समपूर्ण देश विदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुमा विजया दशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको एकमुष्ठ मंगलमय शुभ कामना यसै मिडिया मार्फत व्यक्त गर्न चाहान्छु । म सन २००६ मा नाइजेरिया पुग्दासम्म कोहि अरु नेपाली यहाँ छन भन्ने कुनै सूचना थिएन । खोज्दै गए, बिस्तारै भेटिदै गए, भेटघाट हुन थाल्यो । सानो समुदाय भए पनि सुखदुःखमा साथी भइन्छ भनेर सस्थागत रुपमा एकीकृत गर्ने सोच आयो र एनआरएनएको गठन गरियो ।

एनआरएनएको शाखा गठनले के फाइदा पुग्यो त्यहाको नेपाली डायस्पोरा र नेपाललाई ?

यसले पहिलो त धेरैलाई परिवार र नेपालको न्यास्त्रो मेटायो । अप्ठ्यारोमा भरोसा जगायो, आफ्ना पनि छन भन्ने । त्यसपछी नेपालका दुःख बिपदमा सामुहिक सहयोग गर्ने परम्परा बिकाश गर्यो । एनआरएनए मार्फत नेपालका गाउँबस्तीमा स्कुल लगाएतका नेपाल प्रोजेक्टहरु संचालन हुन थाल्यो । मार्तुभुमीलाई केही गरौ भन्ने भावना र क्रम बढयो ।

अफ्रिका भर कसरी एनआरएनए बिस्तार गर्नु भयो ? यसको मुल श्रेय तपाइलाई जान्छ हैन ?

सम्पर्क बढाउदै जादा थुप्रै देशमा नेपालहरुको उपस्थिति रहेछ । साथै विभिन्न समस्या पनि । दुतावास नहुनुको समस्या , पासपोर्ट नवीकरण, श्रम स्वीकृती र नवीकरणको समस्या , आपत बिपतमा पर्दा सहयोगी, राज्य र सस्थाको सम्पर्क, सहयोग नपाउने पीडा , रोजगार दिने कम्पनीले दिने र पार्ने समस्या आदी ।

त्यसमाथी नेपालीहरुलाई रोजगार दिन्छु , अमेरिका युरोप लग्छु भनी मानव तस्करहरुले अफ्रिकामा अलपत्र पार्ने र त्यसको उद्दारको समस्या आदि इत्यादि । यी सबैमा सामुहिक रुपमा सानो समुदाय भए पनि जुटदा केही गर्न सकिन्छ भनेर एनआरएनएका एनसीसीहरु गठन गर्न साथीहरुलाई प्रेरणा दिन थालियो र सहजकर्ता भइयो । आज अफ्रिकाको १६ देशमा एनआरएनएका शाखाहरु छन र धेरै वटा सक्रीय छन । नेपालीहरुलाई दुःख बिपत पर्दा सहयोग गर्छन । नेपाली भेला , भेटघाट र सास्कृतिक कार्यक्रम हुन्छन । नेपालमा दैबी प्रकोप , बिपत्ति पर्दा सहयोग पठाउछन । नेपाललाई चिनाउने प्रबर्द्धन गर्ने कार्य गरि राखेका छन ।

आइसीसीमा कैले आउनु भयो ?

म २०११ को जिबा लामिछाने नेतृत्वको कार्यकालमा अफ्रिका क्षेत्रीय संयोजकको रुपमा आइसीसीमा आए । दुई कार्यकाल अर्थात २०१५ सम्म अफ्रिका क्षेत्रीय संयोजकको रुपमा काम गरि सकेपछि कोषाध्यक्षको दुई कार्यकाल अहिले २०१९ मा सम्पन्नं हुदैछ ।

आइसीसी कार्यकालका महत्त्वपूर्ण सङ्लग्नता र सम्झनु पर्ने योगदानहरु बारे केही भन्नू हुन्छ कि ?

शुरुका दुई क्षेत्रीय संयोजकको कार्यकालमा अफ्रिकामा एनआरएनएको बिस्तार र सुदृढीकरणमा मुख्य भुमिका खेल्न पाइयो । अफ्रिका क्षेत्रीय बैठकको सुरुवात भयो । मदागास्कार , नाइजेरिया , युगान्डा , केन्या लगाएतका देशहरूमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश पठाइयो । दुर्घटनामा परि मृत्य भएका नेपालीहरुको शब फिर्ता पठाउने , सतगत गर्ने , परिवारलाई सहयोग जुटाइ पठाउने कार्य गरियो । एनआरएनएले शुरु गरेको सामुहिक लगानीको जलविद्युत प्रोजेक्टमा यहाँ बाट थुप्रै एनआरएनए हरुको लगानी जुटाइयो ।

नाइजेरिया , केन्या , घाना लगायतका एनसीसीहरू बाट नेपाल परियोजनाहरु मार्फत स्वदेशका थुप्र् बिधालय र सस्थाहरुबाट सहयोग जुटाइयो । नेपाली सस्कृती र साहित्य सम्बन्धका कार्यक्रमहरुको आयोजना हुन थाले । मुलतः अफ्रिकामा नेपालीको उपस्थिति र नेपालको पहिचान बढाउने काम गरियो । जुन त्यस पछि नेतृत्वमा रहनु भएका साथीहरूले अझै शशक्त रुपमा अगाडि बढाएका छन ।

कोषाध्यक्षको कार्यकालको प्रारम्भ सङ्गै एनआरएनएको आफनै भवन निर्माण गर्ने कार्य र त्यसको लागि सहयोग जुटाउने कार्यमा जुट्ने अबसर पाइयो । २०१५ को भुकम्प पछि राहत जुटाउने अर्को अभियानमा कोषाध्यक्षको रुपमा अभियानको मुख्य अङ्ग भइयो । जसमा ५०० भन्दा कम सदस्य रहेको अफ्रिकाबाट मात्रै लगभग एक करोड सहयोग जुटाइयो र सन्सार भर बाट ४० करोड भन्दा माथी ।दोश्रो कार्यकाल यिनै परियोजनाहरु निर्माण आदीमा जुटन पाइयो । त्यसैगरि सस्थालाई आर्थिक रुपमा स्थायित्व तिर लाने प्रयासहरुमा लागियो । प्रारम्भिक उपलब्धीहरु देखिने क्रममा छन । अझै गर्नु धेरै छ ।

एनआरएनएले अझै के गर्न बाकी छ जस्तो लाग्छ ?

अहिलेसम्म एनआरएनए बिदेशमा रहेका नेपालीहरुको एकमात्र आधिकारिक सस्थाको रुपमा पहिचान बनाउन सफल भएकि छ । तर अझै संसार भर रहेका सबै बर्ग बिशेषत गरि खाने, श्रम गर्ने बर्ग , सानो संख्यामा नेपाली रहेका देशहरु, बौद्धिक र पेशागत बिज्ञहरुमा त्यति अपनत्व लिन सकेको छैन । सम्पन्न प्रबाशीहरुको मात्रै सस्था हो भन्ने छाप प्रभाव छ , त्यसलाई न्यूनीकरण गरि सबैको, सबै बर्गको, सबै पेशाको, सबै देशमा रहेका नेपालीहरुको साझा र स्वामित्वको सुदृढ संस्था बनाउन बाकी छ । हाम्रो प्रयास जारी छ, जारी रहनेछ, यसका लागि ।

तपाईं उपाध्यक्ष उठनै पर्ने कारण के ?

उत्तरः एक त मेरो सस्थाको तल्लो तह देखि संगठन बनाएको, बिस्तार गरेको र क्रमगत रुपमा नेतृत्वमा रहेको अनुभव, त्यस पछि पेशागत र ब्याबस्थापनमा सक्रिय रहेका एनआरएनएको नेतृत्वमा अबसर, दिन सक्ने योगदान र तेश्रो चाहि नेपाल र नेपाली प्रभाव भर्खरै बिस्तार हुन लागेको १६ भन्दा बढी शाखा रहेको अफ़्रिकि महादेशको प्रतिनिधित्व । यस बाहेक एनआरएनएको समृद्ध नेपालको लक्ष्यका लागि ठुला परियोजना, लगानी र त्यसको संचालनमा मेरो अनुभव र उपस्थितिले दिन सक्ने योगदान आदि ।

अन्तमा, अरु केही भन्नू छ कि ?

संसारभरबाट आउने प्रतिनिधि साथीहरूले बिगतमा झै सहानुभूति , स्नेह र मतदान गर्नुहुनेछ भन्ने अनुरोध गर्दै हाम्रो , सबैको र संसार भरकै नेपालीको साझा र सुदृढ एनआरएनए बनाउन र मार्तुभुमीको समृद्धिमा योगदान पुर्याउने यो महान अभियानमा यहाहरु सङ्गै सधै साथ हुनेछु भन्ने अनुरोध गर्न चाहन्छु । आफ्नो व्यस्तताको बाबजुदपनि समय दिनु भएकोमा धन्यबाद ।