अन्तराष्ट्रिय

बायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा यथावत

स्टुटगार्टमाथि ३–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै साविक विजेता बायर्न म्यूनिखले जर्मन बुन्डेसलिगामा शीर्ष स्थानमा २ अंकको अग्रता यथावत राखेको छ । अर्कोतर्फ बोरुशिया डर्टमन्ड भने रेलिगेसन जोनमा रहेको कोल्नसँग पराजित भएको छ । खेलको २० औं मिनेटमै काउन्टर एट्याकमार्फत गोल गरी स्टुटगार्टले अग्रता बनाएको थियो । घरेलु टोलीका लागि सिलास वमानगितुकाको लो क्रसमा लास्सलाना कोउलीबेलीले

बिस्तृत
विसाखापट्टनममा तटरक्षक जहाजमा विस्फोट, चालक दलका २९ सदस्यहरु समुद्रमै हाम फाले

विसाखापट्टनममा तटरक्षक जहाजमा विस्फोट, चालक दलका २९ सदस्यहरु समुद्रमै हाम फाले

एजेन्सी – भारको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा सोमबार विस्फोटपछि आगो लागेको छ । जहाजमा आगो लागेपछि २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। जसमध्ये २८ जनाको उद्दार गरिएको छ भने बाँकी एक जना बेपत्ता रहेको भारतीय सञ्चारले जनाएका छन् । ANI✔@ANI #WATCH Visakhapatnam:...
चीनमा आएको ‘लेकिमा’ आँधीका कारण ४४ जनाको मृत्यु, १६ जना अझै बेपत्ता

चीनमा आएको ‘लेकिमा’ आँधीका कारण ४४ जनाको मृत्यु, १६ जना अझै बेपत्ता

सिन्ह्वा – चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ...
ईदको बेला कश्मीरमा फेरि कडिकडाउ

ईदको बेला कश्मीरमा फेरि कडिकडाउ

एजेन्सी – सोमवारको ईद-उल-अज्हा पर्वको अगाडि भारतीय अधिकारीहरूले कश्मीरमा पुन: सुरक्षा कडिकडाउ गरेका छन् । भारत प्रशासित कश्मीरको मुख्य शहर श्रीनगर पुन: पूर्ण बन्दको अवस्थामा छ । गत दुई दिन यता खुकुलो पारिएको कर्फ्यु अज्ञात कारणले फेरि कडिकडाउ पारिएको छ । आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्...
हङकङमा बिहानैदेखि असहयोग आन्दोलन चर्कियो, सयभन्दा बढी हवाई उडान रद्ध

हङकङमा बिहानैदेखि असहयोग आन्दोलन चर्कियो, सयभन्दा बढी हवाई उडान रद्ध

एजेन्सी – चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा आज बिहानैदेखि सरकार विरोधी प्रदर्शन भएको छ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार सरकार विरोधी आन्दोलनकारीले असहयोग आन्दोलन गर्दा केही सववेहरु अस्तव्यस्त भएका छन् । १ सय भन्दा बढी हवाई उडानपनि रद्ध भएको जनाइएको छ । हडतालका कारण हङकङवासीको जनजीवन समेत...
कश्मीर : ईदको कसलाई चिन्ता छ? परिवारजनको अवस्था थाहा पाउनुछ

कश्मीर : ईदको कसलाई चिन्ता छ? परिवारजनको अवस्था थाहा पाउनुछ

नयाँ दिल्ली \ बीबीसी – सेतो बादलको बीचबाट उडिरेको विमान तल झर्दा झ्यालबाट हेर्दा आँखाले जहाँसम्म देख्न सक्छ, त्यहाँसम्म हरियाली देखिन्छ । रुखहरुबाट घेरिएको पहाड, घर, खेत, खाली सडकहरु । आकाशबाट हेर्दा शान्त लाग्छ, विल्कुल शान्त । तर, विमानको भित्र हेर्ने हो भने तनावमा रहेका अनुहार देखिन्छन्। जसलाई थाहा...
पृथ्वी नजिकैबाट गयो आकशीय पिण्ड, ठूलो दुर्घटना टर्‍यो

पृथ्वी नजिकैबाट गयो आकशीय पिण्ड, ठूलो दुर्घटना टर्‍यो

काठमाण्डौं – सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए । यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो । १० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी...
काश्मीर प्रकरण : ‘नाकै अघि’को घटनामा दक्षिण एसियाली देश चुप किन?

काश्मीर प्रकरण : ‘नाकै अघि’को घटनामा दक्षिण एसियाली देश चुप किन?

काठमाण्डौं – सात दशकदेखि पाइरहेको विशेष स्वायत्ततासहितको अघिकार भारत प्रशासित जम्मु-काश्मीरबाट खोसीएको कुराले विश्व राजनीति तातेको छ । विश्वका संचार माध्यमका ‘स्पेस’जम्मू-काश्मीरकै घटनाले ओगटेको छ । तर, काश्मीरसँगको भौगोलिक दुरी र यसले पार्ने प्रभावका हिसाबले ‘नाकै अघि’को घटनालाई दक्षिण एसियाली देशहरु नदेखे झैँ गरिरहेका छन् । नरेन्द्र मोदी सरकारले...
म्यानमारमा पहिरोमा परी ४८ को मृत्यु

म्यानमारमा पहिरोमा परी ४८ को मृत्यु

सिन्ह्वा – म्यानमारमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढीपहिरोमा परेकाहरूको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टि भएको हो । म्यानमारसहितका दक्षिण एसियाली मुलुकमा बाढीपहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ विस्थापित हुने गरेका छन् । तीमध्ये...
सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष

सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष

नयाँ दिल्ली \ एजेन्सी – हालै सम्पन्न आम निर्वाचनमा नराम्रो पराजय भोगेपछि भारतको सबैभन्दा पूरानो दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले अध्यक्षबाट राजीनामा दिएपछि शुरु भएको नयाँ अध्यक्षको खोजी शनिबार समाप्त भएको छ । शनिबार काँग्रेस केन्द्रीय कार्यासमितिको बैठकले राहुलकी आमा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षमा चयन गरेको...
तान्जानियामा ट्याङ्कर विष्फोट हुँदा कम्तीमा ६० काे मृत्यु

तान्जानियामा ट्याङ्कर विष्फोट हुँदा कम्तीमा ६० काे मृत्यु

एजेन्सी – अफ्रिकी राष्ट्र तान्जानियामा शनिबार इन्धन बोकेको ट्याङकर विष्फोट हुँदा  कम्तिमा ६० जनाको मृत्यु भएको छ भने ७० जना भन्दा बढी घाईते भएका छन् । प्रहरीका अनुसार ट्याङकर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । पल्टिएको ट्याङकरबाट इन्धन आफ्नो सवारी साधनमा हाल्न सयौँ मान्छे जम्मा भएका थिए । सोही...