‘साहो’ हेरेपछि समिक्षकले भने : ‘२०१९ कै निराशाजनक फिल्म’

काठमाण्डौं – आजबाट विश्वव्यापी रुपमा चलचित्र साहो प्रदर्शनमा आएको छ । बाहुबली स्टार प्रभासको चलचित्र भनेपछि दर्शक यसैपनि निकै उत्साहित हुने गर्छन् । त्यसैल यो चलचित्र हेर्नको लागि दर्शक आतुर थिए । तर विडम्बना चलचित्रले सोचेजस्तो प्रतिक्रिया पाउन सकेन ।

पहिलो दिन नै साहो ले बम्पर ओपनिङ त गर्यो । तर चलचित्रलाई बलिउडका उत्कृष्ट समिक्षकले नै २०१९ को निराशाजनक चलचित्र बताएका छन् । पैसा, प्रतिभा यसै खेर गएको धेरैले बताइरहेका छन् । प्रभासले यो चलचित्रलाई २ बर्ष दिएका थिए । तर सोचे अनुरुप चलचित्रको रिजल्ट आएन । धेरैले साहो नहेरे हुन्छ भन्ने प्रतिक्रिया दिएका छन् ।