बेल्जियमको किनेपोलिस सिनेमा हलमा नेपाली चलचित्र ” कबड्डि ४ “प्रदर्शन हुने

नेपाली चलचित्र ” कबड्डि ४ ” पहिलो पटक युरोपको सिनेमा हलमा प्रदर्शन हुने भएकोछ । सम्भबत नेपाली चलचित्रको ईतिहासमै पहिलो पटक बेल्जियमको किनेपोलिस सिनेमा हलले मे ३० र ३१ तारिखमा प्रदर्शन गर्ने भएकोछ ।

नेपाली चलचित्रलाई बेल्जियमको सिनेमा हलबाट प्रदर्शन गराउन मुख्य भूमिका निर्बाह गरेका अभिशेक गौचनका अनुसार कबड्डि ४ का लागि सिनेमा हलले अनलाइन टिकेट बिक्री सुरु गरी सकेकोछ ।

 

युरोप र अमेरिका गरि ११० भन्दा बढी सिनेमा हल भएको विश्व प्रसिद्ध कम्पनीले नेपाली सिनेमालाई आफ्नो स्क्रिनबाट प्रदर्शन गर्नु नेपाली सिनेमाको ईतिहासमा सुखद अबसर हो । स्पेनको म्याद्रिडमा रहेको दस हजार मानिसले एकै पटक सिनेमा हेर्न मिल्ने किनेपोलिस म्याड्रिड विश्वको सबै भन्दा ठुलो सिनेमा हल हो ।

 

नेपालमा मे २७ तारिख शुक्रबारबार रिलिज हुने कबड्डी ४ बेल्जियममा दुई दिन पछि सोमबार र मंगलबार प्रदर्शन हुनेछ । फिल्मका निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेको कथामा बनेको कबड्डि ४ मा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, सौगात मल्ल सहित नयाँ इन्ट्री भएका कलाकारहरु मिरुना मगर, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

 

तीन जना पुरुष मित्रको मित्रता र श्रीमती खोज्ने रमाइलो अभियान वरिपरि चलचित्रको कथा घुमेको छ । फिल्ममा कालिप्रशाद बासकोटा र एसडि योगिको संगीत रहेकोछ । मणिराम पोखरेल , विशाल गुरुङ, सुष्मा गुरुङ र मधु मिजारले निर्माण गरेको फिल्मलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेकाछन भने निमेष श्रेष्ठको सम्पादन रहेकोछ ।

बेल्जियमको नेपाली समुदायमा बिभिन्न मनोरन्जन, खेलकुद र सामाजिक गतिबिधि आयोजना गर्दै आएका एनआरएनए बेल्जियमका पूर्व कोषाध्यक्ष दर्शन गुरुङले पहिलो पटक युरोपको अत्याधुनिक सिनेमा हलमा नेपाली सिनेमा हेरेर मनोरन्जन लिन सबैलाई अनुरोध गरेकाछन ।

नेपाली दर्शकहरुको लागि २०० सिट रिजर्ब राखिएको र टिकेट बिक्री भैरहेकोले सिनेमा हेर्न चाहनेहरुले अभिशेक गौचनलाई   0491752892 मा संपर्क गरि सिट सुरक्षित गर्न सक्नु हुनेछ ।