बाहिरियो छवि र शिल्पाको विवाहको तस्बिर

काठमाण्डौं – छवि र शिल्पाको विवाह भएको ३ बर्ष पुरा भैसकेको छ । उनीहरुले ३ बर्षसम्म आफ्नो सम्बन्धलाई लुकाएर राखे । अहिले उनीहरु डिभोर्स चाहन्छन् । यसैबिच छवि र शिल्पा विरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा समेत हालेकी थिइन् ।

छवि र शिल्पाको विवाह गोप्य रुपमा भएको थियो । अहिले सामाजिक सञ्जालमा उनीहरुको विवाहको तस्बिर सार्वजनिक भएको छ । छवि र शिल्पाको विहेको फोटो शिल्पाले टिका लगाएको दाई (विकास रौनियार) सँग मात्र थियो । छवि र शिल्पाको बिहेको तस्बिर विकासले नै सार्वजनिक गरेका हुन् ।