बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’ को ट्रेलर रिलिज

काठमाण्डौं – बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनीले पहिलो पटक अभिनय गरेको नेपाली चलचित्र पासवर्ड को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र पासवर्ड मा एक्सन र प्रेमको कथा देख्न सकिन्छ । अधिकांश छायांकन लण्डनमा गरिएको चलचित्र पासवर्ड महंगो बजेटमा तयार भएको चलचित्र हो ।

चलचित्रमा अनूप विक्रम शाही, बुद्धि तामाङ, विक्रम जोशी, रबिन्द्र झा, प्रविन खतिवडा, धिरेन शाक्य, लिजा सुनार, छुल्ठिम गुरुङ, सन्नी लियोनी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र पासवर्ड भदौ २७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउदैँ छ ।