११.६३ अंकले घटेपछि ११८४.७८ बिन्दुमा नेप्से

काठमाण्डौं – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । साताको आज पहिलो दिन कारोबार मापक नेप्से ११.६३ बिन्दुले घटेर एक हजार १८४.७८ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १.९५ बिन्दुले घटेर २५९.२९ मा पुगेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १६९ कम्पनीका ११ लाख चार हजार ३ सय ९५ कित्ता सेयर रु. २९ करोड ७३ लाख ९८ हजारबराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै सेयर उकालो लागेको छ । सो उपसमूहको १.४७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१४, होटेल ३५.९६, विकास बैंक ३.३२, जलविद्युत १९.७३, निर्जीवन बिमा ८०.०७, उत्पादन ४०.४६, अन्य ४.५, लघुवित्त १३.०४, जीवन बिमा १४३.४९ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. एक करोड ९७ लाख तीन हजार २०५ बराबरको कारोबार भई शीर्षस्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु. एक करोड १९ लाख ६७ हजार ४६०, प्रभु बैंक रु. एक करोड पाँच लाख १४ हजार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर रु. एक करोड तीन लाख र कुमारी बैंक रु. ९३ लाख ५१ हजारबराबरको कारोबार भई शीर्षस्थानमा रहेको छ ।

स्टकका अनुसार आज सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सो संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाए । युनाइटेड फाइनान्स ९.७१, गरिमा विकास लघुवित्त वित्तीय संस्था ४.९०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.७७, कर्णाली डेभलपमेन्ट बैंक २.८८, घलेम्दी हाइड्रोका सेयरधनीले २.७४ प्रतिशतले कमाए ।

त्यस्तै साञ्जेन जलविद्युत कम्पनी ६.४०, रसुवागढी हाइड्रोपावर ५.९४, ओरियन्टल होटेल ५.५१, हिमालयन पावर पार्टनर ५.४०, एनएलजी इन्स्योरेन्स ४.८२ र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले ४.७६ प्रतिशतले गुमाए ।