सुनको मूल्य बढेको बढ्यै, तोलाको झण्डै ७४ हजार !

काठमाण्डौं – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य तोलामा ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।