सुनको मूल्य तोलामा सात सय घट्यो

काठमाण्डौं – नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ । सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।