सुनको भाउमा आज फेरि नयाँ कीर्तिमान, तोलाको ७१ हजार ५ सय रुपैयाँ पुग्यो, अहिलेसम्मै महंगो

काठमाण्डौं – सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेर ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्म कै महंगो हो ।

हिजो तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १५ सय २२ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।