विपिको आर्थिक विचार अझै सान्दर्भिक

बीपी कोइरालाले लिएको आर्थिक उन्नति र रोजगार वृद्धिसम्बन्धी विचार अझै सान्दर्भिक रहेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले बताएका छन्।

जमिन र श्रम विकासको साधन रहेको बताउँदै बीपीले बताएअनुसारको गाउँमुखी, विकेन्द्रीकृत विकास आवश्यक रहेको बताएका थिए। शैलजा आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपालले विदेशी सहयतामा कम निर्भर रहनुपर्ने विचार बीपीले लिएको बताए। ‘प्रजातन्त्र र विकास एकअर्काका पूरक हुन् भन्ने विचार बीपीको थियो,’ उनले भने, ‘बीपीले नै कृषि उद्यमको विकास गरी रोजगारी सिर्जनामा काम थालेका हुन्।’ यस्तो विचार अनुसरण गरेर विभिन्न मुलुकले आर्थिक समवृद्धि हासिल गरे पनि नेपालमा भने लागू हुन नसकेको उनले बताए।