बैंकर रविनालाई अन्तर्राष्ट्रिय अवार्ड
अवार्ड लिन परिवारको मलेसिया जाने उनले बताइन्।
श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर मानिन्छन्। भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा गरेकी थिइन्।
यो अवार्ड पाउने रविना पहिलो नेपाली महिला हुन्।
सन् २०११ मा स्थापित एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले विभिन्न देशका महिलामध्येबाट उत्कृष्ट महिलालाई छानेर हरेक बर्ष यो अवार्ड प्रदान गर्ने गर्छ। संस्थामा मलेसियाबाहेक चीन, हङकङ र ताइवानका व्यक्तिहरु आबद्ध छन्।
( साभार नागरिक दैनिक )