प्रभू ग्रूपले मोबाइलमै ल्यायो टेलिभिजन सेवा

काठमाण्डौं – प्रभु ग्रुपले मोबाइलमै टेलिभिजन हेर्न सकिने गरी (ओटीटी) सेवा सुरु गरेको छ। यसको लागि प्रभु ग्रुपले मोबाइलमार्फत टेलिभिजन सेवा प्रदान गरिरहेको नेट टिभीको ओटीटी प्लेटर्फम किनेको हो ।

पाँच लाख भन्दा बढिले डाउनलोड गरेको नेट टिभीको एप प्रभु टीभीका रूपमा रिब्रान्डिङ भएको हो । टेलिभिजन हेर्नको लागी प्रभु टीभीको मोबाइल एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

एप डाउनलोड गरेपछि मोबाइल, ट्याबलेट तथा ल्यापटप मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय टेलिभिजनहरु हेर्न सकिने छ। नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको मोबाइल एप डाउनलोड गरी पहिलेको सेवा प्रयोग गर्न पाउनेछन ।

प्रभु टीभीको ग्राहक बन्न प्रभु पे बाट भुक्तानी गर्न सकिने छ। प्रभु टीभीको ग्राहक बन्‍न निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको मोबाइल सेवा बाट रकम भुक्तानी गर्न सकिनेछ ।